भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

इजरायलले ३८ हजार प्यालेस्टाइनीको हत्या गरेको दाबी

इजरायलले ३८ हजार प्यालेस्टाइनीको हत्या गरेको दाबी

काठमाडौं । इजराइली सेना (आइओएफ) ले गाजा पट्टीमा झन्डै ३८ हजार प्यालेस्टिनी नागरिकको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको अक्टोबरदेखि चलिरहेको युद्धमा अहिलेसम्म आफ्ना ३७ हजार नौ सय २५ जनाको हत्या गरेको प्यालेस्टिनले दाबी गरेको हो ।

यो अवधिमा कम्तिमा ८७ हजार एक सय ४१ अन्य घाइते भएका कतार न्युज एजेन्सीले उल्लेख गरेको छ । आइओएफले गाजा पट्टीमा गएको २४ घण्टामा २५ जना प्यालेस्टिनीको हत्या गरेको छ ।

आक्रमणमा ८१ जना घाइते भएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । गाजा पट्टीमा बिग्रँदै गएको मानवीय अवस्थाका बारेमा संयुक्त राष्ट्र एजेन्सीले चेतावनी दिए पनि इजराइली संस्थाले त्यहाँ आक्रमणलाई निरन्तरता दिएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.