भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इजरायलले ३८ हजार प्यालेस्टाइनीको हत्या गरेको दाबी

इजरायलले ३८ हजार प्यालेस्टाइनीको हत्या गरेको दाबी

काठमाडौं । इजराइली सेना (आइओएफ) ले गाजा पट्टीमा झन्डै ३८ हजार प्यालेस्टिनी नागरिकको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको अक्टोबरदेखि चलिरहेको युद्धमा अहिलेसम्म आफ्ना ३७ हजार नौ सय २५ जनाको हत्या गरेको प्यालेस्टिनले दाबी गरेको हो ।

यो अवधिमा कम्तिमा ८७ हजार एक सय ४१ अन्य घाइते भएका कतार न्युज एजेन्सीले उल्लेख गरेको छ । आइओएफले गाजा पट्टीमा गएको २४ घण्टामा २५ जना प्यालेस्टिनीको हत्या गरेको छ ।

आक्रमणमा ८१ जना घाइते भएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । गाजा पट्टीमा बिग्रँदै गएको मानवीय अवस्थाका बारेमा संयुक्त राष्ट्र एजेन्सीले चेतावनी दिए पनि इजराइली संस्थाले त्यहाँ आक्रमणलाई निरन्तरता दिएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.