भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

फोर्स ल्यान्डिङका क्रममा हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधन

फोर्स ल्यान्डिङका क्रममा हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधन

एजेन्सी । इरानका राष्ट्रपति इब्राहिम रइसीको निधन भएको छ। हेलिकोप्टर दुर्घटनामा आइतबार पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा राष्ट्रपति र विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहियनको निधन भएको हो ।

इरानका सर्वोच्च नेता अयातोल्लाहअली खामेनीको उत्तराधिकारी बन्नका लागि अग्रपंक्तिमा रहेका ६३ वर्षीय राष्ट्रपति रायसी अजरबैजानको सीमानाको भ्रमणपछि यात्रा गरिरहेका बेला हेलिकप्टर दुर्घटना भएको हो।

हेलिकोप्टरमा ९ जना सवार थिए। मौसम प्रतिकुल बनेपछि उनीहरु सवार हेलिकोप्टर ल्यान्डिङ हुन सकेको थिएन। फोर्स ल्यान्डिङका क्रममा हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । दुुर्घटनामा परेको हेलिकोप्टर पूर्ण रूपमा जलेको छ। खराब मौसमका कारण उद्धारमा कठिनाइ भएको अधिकारीहरुले जनाएका छन्।

 


Thali Mobile Pvt.Ltd.