भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

सिद्धान्तहीन र अराजक शासक दलहरूका कारण देशको सन्तुलित विकास हुन सकेन

सिद्धान्तहीन र अराजक शासक दलहरूका कारण देशको सन्तुलित विकास हुन सकेन

दैलेख । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) चामुण्डा बिन्द्रासैनीको तेस्रो नगर सम्मेलन शनिबार (मंसिर ६, २०८२) सम्पन्न भएकाे छ । चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं. – ६, जम्बुकाँध बजारमा आयोजित समारोहमा नेमकिपाका केन्द्रीय सचिवालय सदस्य नन्दबहादुर शाहीले सम्मेलनको औपचारिक उद्घाटन गर्नु भएकाे थियाे । 

सांस्कृतिक झाँकी तथा नारासहितको जुलुसपछि भएको सभामा सम्बोधन गर्दै शाहीले “जनतालाई धोका दिनेहरूले एकदिन जनतासँग माफी माग्नुपर्छ ” भन्दै राजनीतिमा लोभ – लालच, जातीयता र क्षेत्रीयताले देशलाई पछि पारेको टिप्पणी समेत गर्नुभयो । कर्णालीका धेरै गाउँ मन्त्रीले भरिए पनि मन्त्री बढ्दैमा विकास नहुने बताउँदै उनले वर्तमान शासक दलहरूको भूमिकालाई कमजोर, अराजक र सिद्धान्तहीन राजनीतिको नमुना भएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईंले नेपाललाई अस्थिर बनाउने प्रमुख कारण भारतीय विस्तारवाद र एकाधिकार पुँजी भएको दाबी गर्नुभयो । नेमकिपाले जितेका पालिकाहरूमा पार्टीले इमानदारीका साथ जनमुखी काम गरिरहेको उहाँको भनाइ थियो । 

त्यसैगरी कार्यक्रममा केन्द्रीय सदस्यहरू जग्यबहादुर शाही, बखत थापा, प्रकाश गुरुङ, तुल्सी खड्का र अन्य वक्ताहरूले अवसरवाद, पुँजीवाद, दलाल राजनीति तथा जनतामाथिको अन्यायका कारण देश विकास रोकिएको धारणा राखेका थिए । त्यसैगरी नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य विनोद विकले जनजीविका र देशको हितमा प्रगतिशील गीत प्रस्तुत गर्नुभएकाे थियाे । 

त्यसैगरी नेमकिपा दैलेखका संयोजक जगत ओलीले पुँजीवादी शासक दलका कारण जनताले दुःख पाएको बताउनुभयो । कार्यक्रममा देउडा गायक जयबहादुर थापा र गायिका सपना रावलले देउडा गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.