भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

बेरुतमा इजरायलको भीषण हवाई आक्रमण, हिजबुल्लाह चिफ अफ स्टाफ मारिए

बेरुतमा इजरायलको भीषण हवाई आक्रमण, हिजबुल्लाह चिफ अफ स्टाफ मारिए

लेबनान – बेरुत  । इजरायली हवाई आक्रमणमा लेबनानस्थित हिजबुल्लाह समूहका शीर्ष कमाण्डर हैथम अली अल तब्तबाई मारिएका छन् । बेरुतको दक्षिणी दहिह क्षेत्रमा गरिएको भीषण हमलामा तब्तबाईसहित कम्तीमा पाँच जनाको मृत्यु भएको र २८ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायलले पुरानो र प्रभावशाली हिजबुल्लाह कमाण्डरका रूपमा चिनिएका तब्तबाईबारे आफ्नो सैन्य कारबाही सफल भएको दाबी गरेको छ । हिजबुल्लाहले पनि उनकी मृत्यु पुष्टि गर्दै इजरायलले लेबनानमाथि ‘रातो घेरा’ सिर्जना गरेको आरोप लगाएको छ ।

घना आवादी रहेको आवासीय क्षेत्रमा हवाई आक्रमण गरिएको यो घटना युद्धविराम जारीकै बीचमा भएको हो । पछिल्ला दिनमा हिजबुल्लाहलाई लक्षित गर्दै इजरायलले आक्रमणको तीव्रता बढाएको बीबीसीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.