भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

बेरुतमा इजरायलको भीषण हवाई आक्रमण, हिजबुल्लाह चिफ अफ स्टाफ मारिए

बेरुतमा इजरायलको भीषण हवाई आक्रमण, हिजबुल्लाह चिफ अफ स्टाफ मारिए

लेबनान – बेरुत  । इजरायली हवाई आक्रमणमा लेबनानस्थित हिजबुल्लाह समूहका शीर्ष कमाण्डर हैथम अली अल तब्तबाई मारिएका छन् । बेरुतको दक्षिणी दहिह क्षेत्रमा गरिएको भीषण हमलामा तब्तबाईसहित कम्तीमा पाँच जनाको मृत्यु भएको र २८ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायलले पुरानो र प्रभावशाली हिजबुल्लाह कमाण्डरका रूपमा चिनिएका तब्तबाईबारे आफ्नो सैन्य कारबाही सफल भएको दाबी गरेको छ । हिजबुल्लाहले पनि उनकी मृत्यु पुष्टि गर्दै इजरायलले लेबनानमाथि ‘रातो घेरा’ सिर्जना गरेको आरोप लगाएको छ ।

घना आवादी रहेको आवासीय क्षेत्रमा हवाई आक्रमण गरिएको यो घटना युद्धविराम जारीकै बीचमा भएको हो । पछिल्ला दिनमा हिजबुल्लाहलाई लक्षित गर्दै इजरायलले आक्रमणको तीव्रता बढाएको बीबीसीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.