भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ख्वपमा फौजदारी कानुन र न्याय सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न

ख्वपमा फौजदारी कानुन र न्याय सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न

भक्तपुर, साउन ३१ । ख्वप कलेज अफ ल, देकोचाको आयोजनामा “फौजदारी कानुन र न्याय” विषयक एकदिने  राष्ट्रिय सम्मेलन शनिबार भक्तपुरमा सम्पन्न भएको छ ।  

कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें (रोहित) ले पानसमा दीप प्रज्वलन गरी गर्नु भएकाे थियाे ।उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक अवस्थाप्रति चासो व्यक्त गर्दै अध्यक्ष राेहितले संसद्मा दोस्रो ठूलो रहेकाे दलले सरकार सञ्चालन गर्नु लोकतान्त्रिक मान्यता विपरीत रहेको बताउनु भयाे ।

उहाँले राजनीतिक स्वार्थका कारण ठूलो र पुराना दलहरूले नै प्रजातन्त्रको अपमान गरेको आरोप लगाउनु भयाे ।त्यसैगरी अध्यक्ष विजुक्छेंले बुद्धिजीवी वर्ग समेत स्वार्थमा लिप्त हुँदा देश संकटमा परेको बताए। उनले राजदूत नियुक्तिका लागि आफ्नो विचार र मूल्य बेच्ने प्रवृत्तिलाई दुःखद रहेकाे बताए । 

सांसदहरूमा अध्ययनको कमी भएको उल्लेख गर्दै उनले एमसीसी सम्झौतामा पढ्दै नपढी हस्ताक्षर गरिएको उदाहरण प्रस्तुत गरे । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत “साथीहरूले पढेको छ, ठीक छ” भन्दै हस्ताक्षर गरेको उद्धरण उनले पेश गरे ।

सम्मेलनमा ख्वप कलेजका व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति, उपप्रमुख रजनी जोशी, पूर्व सर्वोच्च अदालतका न्यायाधीश तथा की-नोट वक्ता डा. आनन्दमोहन भट्टराई, वरिष्ठ अधिवक्ता प्रा. डा. रञ्जितभक्त प्रधान, महान्यायाधिवक्ता रमेश वडाल, पूर्वाञ्चल विश्वविद्यालयका डीन कोमलप्रसाद दुलाल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

 

 


Thali Mobile Pvt.Ltd.