भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

झुम्का कारागारमा ५३ वर्षीय कैदी सुधना सरदारको मृत्यु

झुम्का कारागारमा ५३ वर्षीय कैदी सुधना सरदारको मृत्यु

इनरुवा, २३ कार्तिक । सुनसरीस्थित झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ। झुम्का कारागार प्रशासनका अनुसार आइतबार (हिजो) बिहान करिब ५ः३० बजे कारागारको ‘बी’ बन्दीगृहमा ५३ वर्षीय बन्दी सुधना सरदार अचेत अवस्थामा फेला परेका थिए।

अचेत भएपछि तुरुन्तै कारागारका सुरक्षा गार्ड प्रहरी हवलदार सन्तोष श्रेष्ठसहितको टोलीले उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा पुर्‍याएको थियो। तर, अस्पताल पुग्नेबित्तिकै बिहान ६ः१५ बजे उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालका स्रोतलाई उद्धृत गर्दै जलेर सुभाष लामिछानेले जानकारी दिएका छन्।

सरदार जिल्ला अदालतको २०८० असोज २ गतेको आदेशमा जिउ मास्ने बेच्ने मुद्दामा सजाय पाएका थिए। कारागार प्रशासनले घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.