भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

संसद् छिरेका आन्दोलनकारी माथि अनुसन्धान सुरू, प्रहरी निरीक्षकसहित ३२ प्रहरी जिम्मेवारी मुक्त

संसद् छिरेका आन्दोलनकारी माथि अनुसन्धान सुरू, प्रहरी निरीक्षकसहित ३२ प्रहरी जिम्मेवारी मुक्त

काठमाडौं । आन्दोलनकारी संसद् छिरेको विषयमा अनुसन्धान गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ । लघुवित्त संस्थाविरुद्ध सङ्घर्ष गरिरहेका आन्दोलनकारी सङ्घीय संसद् भवन छिरेका थिए ।

सोही घटनाबारे अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारी र प्रहरी नायब उपरीक्षक दिनेश घिमिरे सदस्य रहेको छानबिन समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले बताए ।

घटना सम्बन्धमा सूक्ष्म तवरले अनुसन्धान गर्न समितिलाई निर्देशन दिइएको छ । समितिले जनप्रतिनिधिमूलक संस्था संसद् भवनको सुरक्षामा लापरबाही गर्ने प्रहरी कर्मचारीमाथि कारबाहीको सिफारिस गर्नाका साथै पुनः यस्ता प्रकारका घटना दोहोरिन नदिन राय–सुझावसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।

आन्दोलनकारी निषेधित क्षेत्र तोडी नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको २ नं गेटबाट भित्र प्रवेश गरेका थिए । संसद् भवन परिसर प्रवेश गरेका एक पुरुष र ४८ महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनालगत्तै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्को सुरक्षा व्यवस्थाबारे गम्भीर चासो र असन्तुष्टि व्यक्त गरेका थिए ।

उनले घटनाबारे प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतसँग स्पष्टीकरण लिएको गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीले जानकारी दिए । संसद् भवनको सुरक्षामा खटिने प्रहरी निरीक्षकसहित ३२ प्रहरीलाई जिम्मेवारी मुक्त गरी अर्को टोली खटाएको छ ।

 


Thali Mobile Pvt.Ltd.