जुम्ला । न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले जनजीवन प्रभावित भएको छ । जिल्लाको न्यूनतम तापक्रम २ दशमलव ६ डिग्री र अधिकतम तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस रहेको हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताए ।
तापक्रम माइनसमा झरेसँगै बिहान बेलुका घरबाट बाहिर निस्कन कठिन भएको चन्दननाथ नगरपालिका ४ निवासी सरिता न्यौपानेले बताए । एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ ।
चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या पनि बढ्न थालेको छ । चिसो बढेसँगै रुघाखोकीका बिरामीको चाप बढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक पुजन रोकायले बताए ।