भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जुम्लाको नदै गुफाको पर्यटन प्रवर्धन गरिँदै

जुम्लाको नदै गुफाको पर्यटन प्रवर्धन गरिँदै

जुम्ला । जिल्लाको तिला गाउँपालिका ९ स्थित ऐतिहासिक धार्मिक पर्यटकीयस्थल नदै गुफाको पर्यटन प्रवर्धन गरिने भएको छ। वडाध्यक्ष धनबहादुर रावतले गुफालाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक संरचना निर्माणका लागि पालिकाले ८१ लाख २६ हजारको बोलपत्र आह्वान गरेको बताए।

गुफा परिसरमा मन्दिर पुनर्निर्माण तथा संरक्षणका लागि संघीय सरकारबाट प्राप्त सशर्त अनुदानमार्फत बजेट विनियोजन भएको उनले बताए। संघीय सरकारबाट प्राप्त बजेटबाट धर्मशाला, सडकबत्ति, रेलिङ र गुफाको फोटोलगायत भौतिक संरचना निर्माण गरिनेछ।

वडाध्यक्ष रावतका अनुसार गुफासम्म सडक सञ्जाल जोड्नका लागि संघीय सरकारबाट बजेट व्यवस्थापन भएको छ। ‘अलपत्रमा रहेको नदै गुफालाई संरक्षण गरी पूर्वाधार निर्माण गरेमा यो क्षेत्रको पर्यटन विकासमा टेवा पुग्नेछ।

यहाँ २०० मिटर लामो धार्मिक गुफा छ। परम्परागत रूपमा गाईको दूधको थुनजस्तो आकार भएको उक्त गुफाबाट पानी निरन्तर बग्ने गरेका देख्न सकिन्छ’,उनले भने, ‘यसको संरक्षण र प्रवर्धन गर्न सके स्थानीयको आयस्तरमा सुधार हुँदै जानेछ। साथै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ।’

गुफा ऐतिहासिकरूपमा महत्त्वपूर्ण मानिए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीयवासीको गुनासो छ। गुफासम्म पुग्नका लागि मोटर बाटो सहज छैन। प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवर्द्धन गर्न सके बाह्य तथा आन्तरिक पर्यटक आवागमन बढ्ने र त्यसबाट स्थानीय नागरिक प्रत्यक्ष लाभान्वित हुने स्थानीय समीर बोहोराको भनाइ छ।

तिला(९ का हेमराज रावतले गुफाको विकासमा स्थानीय सरकारले ध्यान नदिँदा त्यस क्षेत्रमा आउने आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढ्न सकेको छैन। यसको विकासमा ध्यान दिन सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने र त्यसले गाउँको मुहार फेरिने उनको विश्वास छ।

वडाध्यक्ष रावत भने स्वदेश तथा विदेशसम्म गुफाको प्रचारप्रसार गर्ने उद्देश्यले यसै वर्ष सम्मेलनसमेत गर्ने तयारी भएको जानकारी दिए। ‘पूर्वाधार निर्माणका साथै प्रचारप्रसारका लागि सम्मेलन गर्ने योजना छ। त्यसले स्थानीयको चिन्ता सम्बोधन र हाम्रो चाहना पूरा गर्न सघाउ पुग्नेछ’, उनले भने। रासस

 


Thali Mobile Pvt.Ltd.