भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

क्षेतीपूर्तीसहितको न्याय माग्दै सौर्य एयरलाइन्समा ज्यान गुमाएकाको श्रद्धाञ्जली सभा

क्षेतीपूर्तीसहितको न्याय माग्दै सौर्य एयरलाइन्समा ज्यान गुमाएकाको श्रद्धाञ्जली सभा

भक्तपुर । २०८१ साउन ९ गते जमिन छाडेको केही क्षणमै दुर्घटनामा परेको सौर्य एयरलाइन्समा ज्यान गुमाएका १८ जनाको ४५ औं पुण्य तिथीको अवसरमा सरोकारवाला र पीडित परिवारले श्रद्धाञ्जली सभा तथा अन्तरक्रिया गरेका छन् । भक्तपुरको दधिकोटमा आयोजना गरिएको उक्त श्रद्धाञ्जली सभामा ‘म्याप मेमोरियल सोसाइटी’ले ‘के नेपालको आकाश सुरक्षित छ ?’ बिषयक अन्तक्रिया गरेको हो । कार्यक्रममा पीडित परिवारले क्षेतीपूर्ती सहितको न्याय पाउनु पर्ने माग गरेका छन् ।

मर्मतसम्भार गर्नु पर्ने जहाज नियमित उडानका क्रममा नभएकाले विमान कम्पनी र नियामककारी निकायको गम्भिर लापरबाहीका कारण दुर्घटनामा परेको परिवार र सरोकारवालाले आशङ्का गरेका छन् । कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले यस्ता दुर्घटनाले पाठ सिकाउँदै मुलुकको हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकारले उच्चस्तरीय अध्ययन समिति गठन गर्ने प्रतिवद्धता जनाए ।

हवाई दुर्घटनापछिको प्रतिवेदनलाई एकीकृत गरि अध्ययन र नागरिक उड्ययन क्षेत्रलाई विश्वासनीय बनाउन उच्चस्तरीय अध्ययन समिति गठनको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी भइरहेको उनको भनाइ छ । मन्त्री पाण्डेले नियमनकारी निकाय र सेवा प्रदायक संस्था एउटै हुँदा नागरिक उड्ययन क्षेत्रमा समस्या र गुनासा आएकाले दुई निकायलाई छुट्याउने गरि विधेयक तयार गर्न लागेको जानकारी दिए ।

विमान दुर्घटनापछि गठित समितिले छानबिन गरिरहेको र त्यसमा सरकारले कुनै हस्तक्षेप नगर्ने जिकिर गरे । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे, पूर्वमहान्यायधिवक्ता डा युवराज सङ्ग्रौला, नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्वमहानिर्देशक रामप्रसाद न्यौपाने, पाइलट विनोद पुरी, अधिवक्ता स्वागत नेपाल लगायतले घटनाको गहन अध्यन गरेर लापरबाही गर्ने जो कोहीलाइृ कानुनको दायरामा ल्याएर दण्ड दिनु पर्ने धारणा राखे ।

नियमित रूपमा गरिने विस्तृत परीक्षण गर्न जान उडेको भनिएको उक्त जहाजले हवाई तथा उड्डयनसम्बन्धी प्रचलित नियमहरूको पालनासमेत नगरेको देखिएकाले पीडित परिवारलाई क्षेतीपूर्तीसहितको न्याय दिनु पर्ने तर्क उनीहरुले गरे । ज्यान गुमाएका हरुको आत्माले शान्ति पावस भन्नका लागि पनि आफुहरुले सरकारसंग न्यायको माग गरिरहेको परीवारले बताइरहेका छन् । नेपालको आकाश सुरक्षित गर्न र यस्ता घटना दोहोरिन नदिन सम्बन्धित पक्षले यसमा ध्यान दिन जरुरी छ ।

को थिए ती १८ जना ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाताभित्रै गत साउन ९ गते बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा उच्च तहका कर्मचारी, प्राविधिकसहित १८ जनाले ज्यान गुमाए । विमान दुर्घटनामा ज्यान गुमाउने १६ जना एयरलाइन्सकै कर्मचारी थिए भने दुई जना उनीहरुकै परिवारका सदस्य । सौर्य एयरलाइन्समा दुई वर्षदेखि कार्यरत यमनका नागरिक अरिफ रेडाको पनि यसै दुर्घटनामा दुःखद मृत्यु भयो । दुर्घटनामा ज्यान गुमाएका सागर आचार्य सौर्य एयरलाइन्समा सुरक्षा विभाग प्रमुख थिए ।

उनी पाँच वर्षदेखि कार्यरत थिए । यस्तै दिलिप बर्मा ९ वर्षदेखि गुणस्तर विभागका प्रमुख थिए । १० वर्षदेखि कार्यरत रहेका अश्विन निरौला स्यामो विभागमा म्यानेजर थिए । सूचना प्रविधि विभागका प्रमुख रहेका मनुराज शर्मा तीन वर्षदेखि कार्यरत थिए । शर्माकी श्रीमती र छोराको पनि विमान दुर्घटनामा दुःखद मृत्यु भयो । प्रिजा खतिवडा ऊर्जा मन्त्रालयमा १० वर्षदेखि कार्यरत थिइन् । ऊर्जा मन्त्रीको सचिवालयमा कार्यरत खतिवडा बुधबार बिहान मात्रै श्रीमानसँग पोखरा जानुपर्ने भन्दै विमानस्थल पुगेकी थिइन् ।

खतिवडा र शर्माका छोरा अधिराज शर्माको त्यसैमा ज्यान गयो । सौर्य एयरलाइन्समा चार वर्षदेखि कार्यरत सह क्याप्टेन सुशान्त कटुवाल, ५ वर्षदेखि स्यामो विभागमै सिनियर एसिसेन्टको रुपमा कार्यरत सुदिपराज जोशी, तीन महिना मात्रै काम गर्न थालेका सिनियर प्राविधिक सर्वेस मरासिनी, ८ वर्ष काम गरेर केही समय छाडे र पुनः सौर्य एयरलाइन्समा फर्किएको तीन दिन मात्र भएका सिनियर प्राविधिक श्याम बिन्दुकर, ९ वर्षदेखि हेल्परका रुपमा कार्यरत नवराज आले,

स्टोर इन्जार्च अमितमान महर्जन, ९ वर्षदेखि इन्जिनियरका रुपमा रहेका राजाराम आचार्य र उद्धव पुरी, ७ वर्षदेखि कार्यरत इन्जिनियरिङ विभागमा प्रमुख यज्ञप्रसाद पौडेलको यसैमा ज्यान गयो । यस्तै ८ वर्षदेखि कार्यरत इन्जिनियर सन्तोष महतो र पाँच वर्षदेखि कार्यरत प्राविधिक पुण्यरत्न शाहीको विमान दुर्घटनाले ज्यान लियो । यमनका नागरिक अरिफ रेडा दुई वर्ष सौर्य एयरमै काम गरेर फर्किएका थिए । फेरि पाँच महिनाअघि नेपाल आएर काम गर्न थालेका थिए ।

 


Thali Mobile Pvt.Ltd.