श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ

श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ image

काठमाडौं । श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ दिप्रुङ्चुङमा गाउँपलिका(७ घर भई हाल ललितपुर बस्दै आएका ३३ वर्षीय भक्तिराज राई रहेका छन् ।

भदौ १२ गते ललितपुर महानगरपालिका(२४ धापाखेल नखुडोलमा ३५ वर्षीय शशीकला राई आफ्नै कोठामा मृत फेला परेकी थिइन् । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार अनुसन्धान गर्दै जाँदा घटनामा श्रीमान्कै संलग्नता देखिएको हो ।

घटनाबारे प्रहरी वृत्त सातदोबाटोबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda