भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

म हारमा पनि जित खोजिरेछु

म हारमा पनि जित खोजिरेछु

कविता:
कयौं बर्षहरू भयो म हार्न थालेको
म मेरो संर्घषमा हारे
जिवनको परिक्षामा हारे
सफलता पाउन पाउन लागेको थिए
त्यहाँ झन नमज्जाले पर्छारिए
सबै तर्फबाट गालि, घृणा पाए

तर, त्यी सबै अपहेलनालाई
मैले मेरो मिठो मुस्कान सहित
यो सानो हुदयको कुनामा
सजाएर राखिदिएको छु
र सहि समयको पर्खाइमा छु

म पहिला भन्दा कम बोल्छु
चुपचाप बन्द कोठामा बसिरहन्छु
म बोलिरहेको देख्नेहरू
आजभोलि कुरा काट्न थालेका छन्
भन्दै छन् यो डिप्रेसनमा गई
ती जासुसी मनुवाहरूलाई के था

त्यी बन्द कोठा भित्र
मैले गर्ने मिहिनेतको दायरा
पहिला भन्दा झन धेरै बढाएको छु

किनकि,
मलाइ थाहा छ म पुनः उठ्नु छ
हिजो म कमजोर भएर ढलेको बेला
मलाई हौसलाले उठाउन छोडि,
सुन्नै नसकिने गालि, घृणाको हेराइ
अनि आन्दको हाँसो र ताली बजाउने
त्यो जमातको अघि

 


Thali Mobile Pvt.Ltd.