कविता:
कयौं बर्षहरू भयो म हार्न थालेको
म मेरो संर्घषमा हारे
जिवनको परिक्षामा हारे
सफलता पाउन पाउन लागेको थिए
त्यहाँ झन नमज्जाले पर्छारिए
सबै तर्फबाट गालि, घृणा पाए
तर, त्यी सबै अपहेलनालाई
मैले मेरो मिठो मुस्कान सहित
यो सानो हुदयको कुनामा
सजाएर राखिदिएको छु
र सहि समयको पर्खाइमा छु
म पहिला भन्दा कम बोल्छु
चुपचाप बन्द कोठामा बसिरहन्छु
म बोलिरहेको देख्नेहरू
आजभोलि कुरा काट्न थालेका छन्
भन्दै छन् यो डिप्रेसनमा गई
ती जासुसी मनुवाहरूलाई के था
त्यी बन्द कोठा भित्र
मैले गर्ने मिहिनेतको दायरा
पहिला भन्दा झन धेरै बढाएको छु
किनकि,
मलाइ थाहा छ म पुनः उठ्नु छ
हिजो म कमजोर भएर ढलेको बेला
मलाई हौसलाले उठाउन छोडि,
सुन्नै नसकिने गालि, घृणाको हेराइ
अनि आन्दको हाँसो र ताली बजाउने
त्यो जमातको अघि