भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

कालीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना ६४० मेगावाट क्षमतामा निर्माण हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना ६४० मेगावाट क्षमतामा निर्माण हुने

मुख्य बुँदा

कालीगण्डकी जलाशययुक्त आयोजना ६४० मेगावाट क्षमतामा निर्माण हुने

सुरुमा ८४४ मेगावाट प्रस्ताव भए पनि अध्ययनपछि क्षमता घटाइयो

२४४ मिटर अग्लो बाँध निर्माण हुने योजना

बाँध बनेपछि २९ किलोमिटर लामो जलाशय बन्ने

वार्षिक १६४५.६५ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने अनुमान

पर्वत, बागलुङ, गुल्मी र स्याङ्जाका विभिन्न क्षेत्र प्रभावित हुने

काठमाडौं, ३० चैत्र । कालीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना ६४० मेगावाट क्षमतामा निर्माण हुने भएको छ। सुरुमा ८४४ मेगावाट क्षमताको प्रस्ताव गरिएको उक्त आयोजना हाल अध्ययनका क्रममा ६४० मेगावाट क्षमता उपयुक्त हुनेगरी निर्धारण गरिएको हो।

हाल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयारी भइरहेको छ। प्रस्तावित आयोजनाको बाँध सेती नदी र कालीगण्डकी नदीको दोभानबाट करिब १० किलोमिटर माथि उर्लेनी खंगकोट क्षेत्रमा निर्माण गरिनेछ। उक्त स्थान गुल्मीको कालीगण्डकी गाउँपालिका–६ र पर्वतको बिहादी गाउँपालिका–२ बर्राचौर क्षेत्रमा पर्दछ। आयोजनाअन्तर्गत २४४ मिटर अग्लो बाँध निर्माण गरिने जनाइएको छ।

बाँधमा पानी जम्मा भएपछि करिब २९ किलोमिटर लामो खनियाघाटसम्म ताल बन्नेछ। आयोजनाको नेट हेड १८३ दशमलव ४ मिटर रहनेछ भने डिस्चार्ज क्षमता ४०५ घनमिटर प्रतिसेकेण्ड रहने जनाइएको छ। वार्षिक कुल ऊर्जा उत्पादन एक हजार ६४५ दशमलव ६५ गिगावाट घण्टा हुने अनुमान गरिएको छ।

आयोजनामा चारवटा स्टिल पेनस्टक तथा चारवटा फ्रान्सिस टर्बाइन जडान गर्ने प्रस्ताव गरिएको छ। विद्युतगृह पर्वतको बिहादी गाउँपालिका बर्राचौर क्षेत्रमा निर्माण गरिनेछ।

यस आयोजनाबाट पर्वतको जलजला गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका र बिहादी गाउँपालिकाका विभिन्न वडा प्रभावित हुनेछन्। यस्तै बागलुङको बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाका केही वडा, गुल्मीको कालीगण्डकी गाउँपालिका तथा स्याङ्जाको गल्याङ नगरपालिका क्षेत्र पनि प्रभावित हुने जनाइएको छ।

आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय मूल्यांकन विद्युत विकास विभाग तथा परामर्शदाता जेभी स्मेक इन्टरनेशनल र जेड कन्सल्टले गरिरहेका छन्।

प्रस्तावित आयोजना पृथ्वी राजमार्ग, पोखरा–बागलुङ सडकखण्ड, दोबिल्ला–फलेबास सडक, कालीगण्डकी लोकमार्ग तथा कालीगण्डकी करिडोर हुँदै पुग्न सकिने जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.