भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

इजरायली प्रधानमन्त्री नेतन्याहूविरुद्ध टर्कीमा मुद्दा, हजारौँ वर्ष जेल सजाय माग

इजरायली प्रधानमन्त्री नेतन्याहूविरुद्ध टर्कीमा मुद्दा, हजारौँ वर्ष जेल सजाय माग

काठमाडौं, ३० चैत्र । टर्कीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसहित ३५ जनाविरुद्ध गम्भीर फौजदारी मुद्दा दर्ता गरेको छ। प्यालेस्टिनको गाजा क्षेत्रतर्फ गइरहेको राहत मिसनमाथि भएको आक्रमणलाई लिएर दर्ता गरिएको यस मुद्दामा अभियुक्तहरूका लागि हजारौँ वर्षसम्मको जेल सजाय माग गरिएको छ।

इस्तानबुलस्थित मुख्य सरकारी वकिलको कार्यालयले दायर गरेको आरोपपत्रमा इजरायली नेतृत्वमाथि मानवताविरुद्धको अपराध तथा अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको गम्भीर आरोप लगाइएको छ। आरोपपत्रअनुसार सबै ३५ अभियुक्तका लागि जन्मकैदका साथै एक हजार १०२ वर्षदेखि चार हजार ५९६ वर्षसम्म थप जेल सजाय माग गरिएको छ।

अभियुक्तहरूमाथि मानवताविरुद्धको अपराध, नरसंहार, गैरकानुनी हिरासत, यातना तथा लुटपाटजस्ता गम्भीर अभियोग लगाइएको छ।यो मुद्दा गत वर्ष सेप्टेम्बरमा भएको एक घटनासँग सम्बन्धित रहेको बताइएको छ। ‘सुमुद फ्लोटिला’ नामक राहत मिसन खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सामग्री लिएर गाजा क्षेत्रतर्फ गइरहेको थियो। उक्त फ्लोटिला अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा रहेका बेला इजरायली नौसेनाले त्यसलाई रोकेको आरोप टर्कीले लगाएको छ।

इजरायली सैनिकहरूले जहाजमा चढेर त्यहाँ रहेका अधिकारकर्मीहरूलाई नियन्त्रणमा लिएको तथा जहाजलाई गन्तव्यतर्फ अघि बढ्न नदिएको आरोपसमेत लगाइएको छ। टर्की सरकारका अनुसार उक्त कारबाही पूर्ण रूपमा अन्तर्राष्ट्रिय कानुनविरुद्ध भएको दाबी गरिएको छ। अन्तर्राष्ट्रिय जलक्षेत्रमा मानवीय सहायता सामग्री बोकेका जहाजमाथि सैन्य हस्तक्षेप गर्नु गम्भीर अपराध भएको टर्कीको भनाइ छ।

यस मुद्दाले पहिले नै तनावपूर्ण अवस्थामा रहेको इजरायल र टर्कीबीचको कूटनीतिक सम्बन्धलाई थप जटिल बनाउने निश्चित देखिएको विश्लेषण गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.