भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कालीमाटी बजारमा कृषिउपजको थोक मूल्य निर्धारण, गोलभेँडा ३५ देखि ८० रुपैयाँसम्म

कालीमाटी बजारमा कृषिउपजको थोक मूल्य निर्धारण, गोलभेँडा ३५ देखि ८० रुपैयाँसम्म

काठमाडौँ, १८ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६५ रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ३५ रुपैयाँ र गोलभेँडा सानो (टनेल) ३९ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै आलु रातो (लाम्चो) प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (गोलो) ३० रुपैयाँ तथा प्याज सुकेको (भारतीय) प्रतिकिलो ४३ रुपैयाँ निर्धारण गरिएको छ।

अन्य तरकारीतर्फ गाजर (लोकल) ८० रुपैयाँ, बन्दा (लोकल) ४० रुपैयाँ, काउली स्थानीय ८० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २५ रुपैयाँ तथा भन्टा लाम्चो र डल्लो दुवै ५० रुपैयाँ प्रतिकिलो मूल्य कायम गरिएको समितिले जनाएको छ।

समितिका अनुसार बजार आपूर्ति र मागअनुसार कृषिउपजको मूल्य दैनिक रूपमा समायोजन हुने गर्दछ।

 


Thali Mobile Pvt.Ltd.