भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा निर्वाचन र मतदाता नामावलीसम्बन्धी दुई विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा निर्वाचन र मतदाता नामावलीसम्बन्धी दुई विधेयक प्रमाणीकरण

काठमाडौँ, १८ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ तथा मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ प्रमाणीकरण गर्नुभएको हो।

उक्त विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

यी विधेयकहरू संसद्को दुवै सदनबाट पारित भई राष्ट्रपतिको प्रमाणीकरणका लागि पेश गरिएका थिए। प्रमाणीकरणपछि अब यी कानुन कार्यान्वयन प्रक्रियामा जाने भएका छन्।

 


Thali Mobile Pvt.Ltd.