भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

डेमोक्र्याटिक पार्टीबाट अमेरिकी राष्ट्रपतिको उम्मेद्वार बनिन् कमला ह्यारिस

डेमोक्र्याटिक पार्टीबाट अमेरिकी राष्ट्रपतिको उम्मेद्वार बनिन् कमला ह्यारिस

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेद्वार बनेकी छन्। पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेपछि उनी औपचारिक रूपमा राष्ट्रपति पदको उम्मेद्वार बनेकी हुन्। उनले दिउँसो २ हजार ३५० डेमोक्र्याटिक डेलिगेट्सको समर्थन प्राप्त गरिन्।

ह्यारिस पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुन्। उनले डेमोक्र्याटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित भएको प्रतिक्रयाा दिइन्।

राष्ट्रपति जो बाइडेनले आफूलाई राष्ट्रपतिको दौडबाट टाढा राख्दै ह्यारिसलाई राष्ट्रपतिको लागि समर्थन गरेपछि ह्यारिसले भर्चुअल रोल कलमा कुनै विरोधको सामना गर्नु परेन।

नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गर्न सके उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नेछिन्। एजेन्सी

 


Thali Mobile Pvt.Ltd.