भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

दाङको पदमपुर आसपासका साना नदीहरुमा बाढीको जोखिम,सचेत रहन आग्रह

दाङको पदमपुर आसपासका साना नदीहरुमा बाढीको जोखिम,सचेत रहन आग्रह

काठमाडौं । आज दिउँसो कोशी प्रदेशको एक–दुई ठाउँमा भारी बर्षाको सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावका कारण कोशी प्रदेशको एक–दुई ठाउँमा मुसल्धारे र कोशीसहित गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै राति कोशी, बाग्मती, गण्डकी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन।चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, लुम्बिनी र सुदूपश्चिम प्रदेशका प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका थोरै ठाउँहरुमा सामान्य वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाले दाङको पदमपुर आसपासमा साना नदीहरुमा बाढीको जोखिम रहेकोले सचेत रहन आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.