भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

मुख्य बुँदा

कर्णाली राजमार्गका १६ रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु।

कालिकोटका १२, जुम्लाका ३ र मुगुको १ आयोजना प्रभावित।

निर्माण व्यवसायीलाई १५ दिने सार्वजनिक सूचना जारी।

ठेक्का रद्दसँगै कालोसूची, जमानत जफत र असुलउपर प्रक्रिया अघि बढ्ने।

यसअघि पनि १० वटा रुग्ण ठेक्का रद्द गरिसकिएको।

काठमाडौँ, १४ असार । जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गअन्तर्गत वर्षौँदेखि अलपत्र परेका १६ वटा रुग्ण ठेक्का एकैपटक तोड्ने प्रक्रिया सुरु गरेको छ।

सडक निर्माणका लागि ठेक्का सम्झौता गरेर पनि तोकिएको समयमै काम सम्पन्न नगरेपछि कालिकोट, जुम्ला र मुगु जिल्लामा सञ्चालित १६ वटा आयोजनाको ठेक्का अन्त्य गर्ने सम्बन्धमा १५ दिने सार्वजनिक सूचना जारी गरिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहले जानकारी दिए।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०८२/८३ सम्म सम्झौता भएका कालिकोटका १२, जुम्लाका ३ र मुगुको १ गरी कुल १६ वटा रुग्ण ठेक्काको सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाइएको हो।

ठेक्का लिएर काम नगर्ने तथा आयोजना वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्न रुग्ण ठेक्काविरुद्ध कडा कदम चालिएको कार्यालयले जनाएको छ।

सडक डिभिजन कार्यालयका प्रमुख श्रवणकुमार महतराका अनुसार विभिन्न समयमा लिखित तथा मौखिक रूपमा निर्माण कार्य सम्पन्न गर्न आग्रह गरिए पनि निर्माण व्यवसायीले चासो नदेखाएकाले सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय गरिएको हो।

ठेक्का रद्द भएसँगै सम्बन्धित निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने, कार्यसम्पादन जमानत, धरौटी तथा पेस्की जमानत जफत गर्ने, पेस्की रकममा १० प्रतिशत ब्याज असुल गर्ने तथा बाँकी निर्माण कार्य सम्पन्न गर्न लाग्ने खर्च सरकारी बाँकीसरह असुलउपर गर्ने प्रक्रिया पनि अघि बढाइने कार्यालयले जनाएको छ।

यसअघि पनि कर्णाली राजमार्गअन्तर्गत अलपत्र परेका १० वटा रुग्ण आयोजनाको ठेक्का तोडिसकिएको सडक डिभिजन कार्यालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.