भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एसईई परीक्षामा चिटका लागि प्रयोग गरिएका ४९६ मोबाइल र स्मार्टवाच नष्ट

एसईई परीक्षामा चिटका लागि प्रयोग गरिएका ४९६ मोबाइल र स्मार्टवाच नष्ट

मुख्य बुँदा

सिरहामा एसईई परीक्षामा बरामद ४९६ मोबाइल र ५ स्मार्टवाच नष्ट।

परीक्षामा चिट चोर्न प्रयोग गरिएको आरोपमा उपकरण जफत गरिएको।

सात वटा आइफोनसहित विभिन्न एन्ड्रोइड मोबाइल बरामद।

करिब १ करोड रुपैयाँभन्दा बढी मूल्यका सामग्री नष्ट गरिएको।

परीक्षा मर्यादा कायम गर्न कडा निर्णय लागू गरिएको।

काठमाण्डौ, २२ जेठ । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चिट चोर्न प्रयोग गरिएको आरोपमा बरामद गरिएका सयौँ मोबाइल फोन र स्मार्टवाच नष्ट गरिएको छ।

जिल्लामा सञ्चालन भएको पछिल्लो एसईई परीक्षाका क्रममा विभिन्न परीक्षा केन्द्रबाट बरामद गरिएका ४ सय ९६ वटा मोबाइल फोन र ५ वटा स्मार्टवाच हिजो नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बरामद गरिएका उपकरणमध्ये ७ वटा आइफोन, ४ सय ८९ वटा विभिन्न ब्रान्डका एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच रहेका थिए। ती उपकरण परीक्षा सञ्चालन निर्देशिका विपरीत प्रयोग भएको निष्कर्षसहित नष्ट गरिएको हो।

प्रहरीका अनुसार बरामद सामग्रीको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको छ। केही अभिभावकले जरिवाना तिरेर मोबाइल फिर्ता दिनुपर्ने माग गरे पनि परीक्षा मर्यादा कायम राख्न नष्ट गर्ने निर्णय कार्यान्वयन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मधेस प्रदेशमा एसईई परीक्षाका क्रममा यति ठूलो सङ्ख्यामा मोबाइल नष्ट गरिएको यो पहिलो घटना हो।

 


Thali Mobile Pvt.Ltd.