भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

एसईई परीक्षामा चिटका लागि प्रयोग गरिएका ४९६ मोबाइल र स्मार्टवाच नष्ट

एसईई परीक्षामा चिटका लागि प्रयोग गरिएका ४९६ मोबाइल र स्मार्टवाच नष्ट

मुख्य बुँदा

सिरहामा एसईई परीक्षामा बरामद ४९६ मोबाइल र ५ स्मार्टवाच नष्ट।

परीक्षामा चिट चोर्न प्रयोग गरिएको आरोपमा उपकरण जफत गरिएको।

सात वटा आइफोनसहित विभिन्न एन्ड्रोइड मोबाइल बरामद।

करिब १ करोड रुपैयाँभन्दा बढी मूल्यका सामग्री नष्ट गरिएको।

परीक्षा मर्यादा कायम गर्न कडा निर्णय लागू गरिएको।

काठमाण्डौ, २२ जेठ । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चिट चोर्न प्रयोग गरिएको आरोपमा बरामद गरिएका सयौँ मोबाइल फोन र स्मार्टवाच नष्ट गरिएको छ।

जिल्लामा सञ्चालन भएको पछिल्लो एसईई परीक्षाका क्रममा विभिन्न परीक्षा केन्द्रबाट बरामद गरिएका ४ सय ९६ वटा मोबाइल फोन र ५ वटा स्मार्टवाच हिजो नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बरामद गरिएका उपकरणमध्ये ७ वटा आइफोन, ४ सय ८९ वटा विभिन्न ब्रान्डका एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच रहेका थिए। ती उपकरण परीक्षा सञ्चालन निर्देशिका विपरीत प्रयोग भएको निष्कर्षसहित नष्ट गरिएको हो।

प्रहरीका अनुसार बरामद सामग्रीको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको छ। केही अभिभावकले जरिवाना तिरेर मोबाइल फिर्ता दिनुपर्ने माग गरे पनि परीक्षा मर्यादा कायम राख्न नष्ट गर्ने निर्णय कार्यान्वयन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मधेस प्रदेशमा एसईई परीक्षाका क्रममा यति ठूलो सङ्ख्यामा मोबाइल नष्ट गरिएको यो पहिलो घटना हो।

 


Thali Mobile Pvt.Ltd.