भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

कुन मन्त्रालयमा कसलाई खटाउने प्रदेशले नै प्रयोग गर्न थाले अधिकार

कुन मन्त्रालयमा कसलाई खटाउने प्रदेशले नै प्रयोग गर्न थाले अधिकार

काठमाडौं । प्रदेश सरकारले मन्त्रालयमा आफैँ सचिव खटाउन थालेका छन् । प्रदेश सरकारले तोकेर संघीयता कार्यान्वयनमा नयाँ अभ्यास सुरु गरेका हुन् । तर, यसमा जोखिम पनि रहेकाले न्यूनीकरणका लागि सरुवा, पदस्थापन र व्यवस्थापनका लागि मापदण्ड बनाउनुपर्नेमा विज्ञको जोड छ । प्रदेश मन्त्रालयको प्रशासनिक नेतृत्व राजपत्रांकित प्रथम श्रेणीका सहसचिवले गर्छन् । सहसचिव प्रदेशमा मन्त्रालय सचिव रहने व्यवस्था छ ।

प्रदेशको मन्त्रालयका सचिव सरुवामा गत साउनयता क्रमशः नयाँ अभ्यास देखिन थालेको हो । साबिकमा संघले प्रदेशमा मन्त्रालय सचिवका रूपमा सरुवा गर्दा मन्त्रालय तोकेरै सरुवा गथ्र्यो। पछिल्लो समय एकमुस्ट प्रदेश मन्त्रालय सचिवका रूपमा सहसचिवहरूलाई ‘कामकाज’ भन्दै पठाउन थालेको हो । गत २ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका ४० जना सहसचिवको सरुवा निर्णय गर्‍यो ।

त्यसमध्ये १६ सहसचिवलाई विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय वा अन्तर्गत भनेर सरुवा गरिएको थियो । त्यसको अघिल्लोपटक २७ भदौमा पनि ४० सहसचिवकै सरुवामा १२ सहसचिवलाई प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय वा अन्तर्गत भनेर सरुवा गरिएको थियो । यसको एक महिनाअघि ३१ साउनमा ६० जना सहसचिवको सरुवा गर्दा १० जनालाई विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय वा अन्तर्गत भनेर सरुवा गरियो ।

 


Thali Mobile Pvt.Ltd.