भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

कुन मन्त्रालयमा कसलाई खटाउने प्रदेशले नै प्रयोग गर्न थाले अधिकार

कुन मन्त्रालयमा कसलाई खटाउने प्रदेशले नै प्रयोग गर्न थाले अधिकार

काठमाडौं । प्रदेश सरकारले मन्त्रालयमा आफैँ सचिव खटाउन थालेका छन् । प्रदेश सरकारले तोकेर संघीयता कार्यान्वयनमा नयाँ अभ्यास सुरु गरेका हुन् । तर, यसमा जोखिम पनि रहेकाले न्यूनीकरणका लागि सरुवा, पदस्थापन र व्यवस्थापनका लागि मापदण्ड बनाउनुपर्नेमा विज्ञको जोड छ । प्रदेश मन्त्रालयको प्रशासनिक नेतृत्व राजपत्रांकित प्रथम श्रेणीका सहसचिवले गर्छन् । सहसचिव प्रदेशमा मन्त्रालय सचिव रहने व्यवस्था छ ।

प्रदेशको मन्त्रालयका सचिव सरुवामा गत साउनयता क्रमशः नयाँ अभ्यास देखिन थालेको हो । साबिकमा संघले प्रदेशमा मन्त्रालय सचिवका रूपमा सरुवा गर्दा मन्त्रालय तोकेरै सरुवा गथ्र्यो। पछिल्लो समय एकमुस्ट प्रदेश मन्त्रालय सचिवका रूपमा सहसचिवहरूलाई ‘कामकाज’ भन्दै पठाउन थालेको हो । गत २ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका ४० जना सहसचिवको सरुवा निर्णय गर्‍यो ।

त्यसमध्ये १६ सहसचिवलाई विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय वा अन्तर्गत भनेर सरुवा गरिएको थियो । त्यसको अघिल्लोपटक २७ भदौमा पनि ४० सहसचिवकै सरुवामा १२ सहसचिवलाई प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय वा अन्तर्गत भनेर सरुवा गरिएको थियो । यसको एक महिनाअघि ३१ साउनमा ६० जना सहसचिवको सरुवा गर्दा १० जनालाई विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय वा अन्तर्गत भनेर सरुवा गरियो ।

 


Thali Mobile Pvt.Ltd.