भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

एक युवकको चक्कु प्रहारबाट ८ जनाको मृत्यु

एक युवकको चक्कु प्रहारबाट ८ जनाको मृत्यु

काठमाडौं । चीनमा एक युवकले चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

चियाङ्गसु प्रान्तको यिक्सिङ शहरस्थित उसी भोकेस्नल इन्सटिच्युट आफ आर्टस् एण्ड टेक्नोलोली कलेज परिसरमा २१ वर्षीय युवकले चक्कु प्रहार गरेका हुन् ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । उनले आफ्नो अपराध स्वीकार समेत गरिसकेका छन् ।

उनी स्नातक तहको परीक्षामा फेल भएका थिए । त्यसैले इन्टर्नसिपको क्रममा कम पारिश्रमिक पाउने हुँदा उनी रिसाएका थिए ।

त्यही कारण उनले आक्रमण गरेको प्रारम्भिक अनुसन्धाबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.