भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस

सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस

मुख्य बुँदा

सामाजिक विकास विभागमा अहिलेसम्म ३३ सङ्घसंस्थाले आवेदन

३० प्रतिशत लागत सहभागिता संस्थाले आफैं बेहोर्ने

अपाङ्गता, ज्येष्ठ नागरिक, अटिजम, एलजीबीटीक्यूआई+, बालबालिका लक्षित कार्यक्रमहरूमा आवेदन

आवेदन रकम रु ३ लाख ५० हजारदेखि रु ८१ लाखसम्म

प्रस्तुतीकरण र सूचक आधारमा सहयोग रकम निर्धारण

काठमाडौँ, ३ माघ । काठमाडौँ महानगरपालिकाको लक्षित वर्गको कार्यक्रम सहयोगअन्तर्गत कामपाको सामाजिक विकास विभागमा अहिलेसम्म ३३ वटा सङ्घसंस्थाले आवेदन दिएका छन् ।

विभागले विभिन्न मितिमा आह्वान गरेको सार्वजनिक सूचनाबाट ३० प्रतिशत लागत सहभागिता जनाउनेगरी ती सङ्घसंस्थाले प्रस्ताव पेस गरेको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले जानकारी दिए ।

गत पुस २२ गते अपाङ्गताका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको प्रस्ताव आह्वान गरिएको थियो । पन्ध्र दिन अवधि भएकाले केही संस्थाले आवेदन दिन बाँकी नै छ ।

विभागले मङ्सिर ११ गते सार्वजनिक सूचना प्रकाशन गर्दै, ज्येष्ठ नागरिकका लागि काम गर्ने सङ्घसंस्थाहरूसँग प्रस्ताव माग गरेको थियो । नौ वटा सङ्घसंस्थाको प्रस्ताव पेस भएको यस क्षेत्रको सहयोगका लागि रु २० लाख छ ।

गत पुस १५ गते अटिजमसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि कार्य गर्ने सङ्घसंस्थाका लागि सूचना प्रकाशन गरिएको थियो । यसमा रु २० लाख सहयोग रहेको छ । सहयोग प्राप्त गर्न ६ वटा सङ्घसंस्थाको प्रस्ताव परेको छ ।

रु २० लाख लैङ्गिक तथा यौनिक अल्सड्ख्यक ९एलजीवीटीक्युआइ० का लागि १७ गते सार्वजनिक सूचना प्रकाशन भएको थियो । यस क्षेत्रमा काम गर्न आठ वटा सङ्घसंस्थाको प्रस्ताव परेको निरौलाले जानकारी दिए ।

गत पुस १ गते डाउन सिन्ड्रोम, सेरेब्रल पाल्सी, मस्कुलर डिस्ट्रोफी र मस्तिष्क पक्षघात भएका बालबालिका लक्षित कार्यक्रम गर्ने सङ्घसंस्थासँग प्रस्ताव माग गरिएको थियो । रु ३० लाख बजेट विनियोजन भएको क्षेत्रमा काम गर्न १० वटा सङ्घसंस्थाको प्रस्ताव पेस भएको छ ।

विभागका प्रमुख समीक्षा निरौलाका अनुसार ३० प्रतिशत लागत सहभागिता संस्था आफैँले बेहोर्ने गरी प्रस्ताव पेस भएको हो । यसमा कम सहयोग प्रस्ताव गर्नेले रु तीन लाख ५० हजार र धेरै सहयोग प्रस्ताव पेस गर्नेले रु ८१ लाखको आवेदन परेको छ ।

प्रस्ताव पेस गर्नेहरूबाट गरिने प्रस्तुतीकरणमा विगतमा गरेका काम र प्राप्त नतिजा, संस्थाको क्षमता, कामको प्रकृति, आवश्यकतालगायत सूचकका आधारमा अङ्क प्रदान गरेर सहयोग रकम प्रदानसम्बन्धी निर्णय प्रक्रिया अगाडि बढाइने निरौलाले जानकारी दिए । रासस

 


Thali Mobile Pvt.Ltd.