भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

काठमाडौं मखनटोलमा भीषण आगलागी, एक महिलाको ज्यान गयो

काठमाडौं मखनटोलमा भीषण आगलागी, एक महिलाको ज्यान गयो

काठमाडौं,  ३१ वैशाख । काठमाडौं महानगरपालिका वडा नम्बर २४ अन्तर्गतको मखनटोलस्थित एक घरमा आगलागी हुँदा एक महिलाको ज्यान गएको छ। प्रहरीका अनुसार मृतकको सनाखत अझै हुन बाँकी छ।

आगलागी मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको चारतले कच्ची घरबाट सुरु भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार, घरको तेस्रो तल्लामा ग्यास लिक भएर आगो सल्किएको बताइएको छ।आगलागीको असरले छेउमै रहेको रुकेश श्रेष्ठको पक्की पाँचतले घरमा समेत क्षति पुगेको छ।

आगो नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकाका दमकलसहित नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र महानगर प्रहरी परिचालन गरिएको थियो। कुल ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.