भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

त्रिशुली नदीमा नुहाउने क्रममा दुई ११ वर्षीया बालिका बेपत्ता, खोजी कार्य जारी

त्रिशुली नदीमा नुहाउने क्रममा दुई ११ वर्षीया बालिका बेपत्ता, खोजी कार्य जारी

काठमाडौँ, ३१ बैशाख । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित कचौडे भीर नजिक त्रिशुली नदीमा नुहाउने क्रममा दुई जना बालिका बेपत्ता भएका छन्।बेपत्ता हुनेमा ११ वर्षीया जेनी डंगोल र ११ वर्षकै सदिक्षा राई रहेको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ। घटना मंगलबार साँझपख भएको बताइएको छ।

ती दुई बालिका आफ्ना साथीसहित नदीमा नुहाउन गएकाे प्रहरीले जनाएकाे छ । नुहाउने क्रममा त्रिशुलीको तीव्र बहावमा परेर उनीहरू बेपत्ता भएका हुन्। घटनापछि खोजी कार्यका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त टोली खटाइएको छ। खोज कार्य मंगलबार साभफदेखि नै सुरु गरिएको थियो भने बुधबार बिहानैदेखि पुनः जारी राखिएको सशस्त्र प्रहरी बलले जनाएकाे छ ।

हालसम्म बालिकाहरूको अवस्था अज्ञात छ। स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीको सहकार्यमा नदी किनार तथा आसपासका क्षेत्रमा तीव्र खोजी कार्य जारी छ। प्रहरीले बालबालिका नदी, पोखरी जस्ता जलस्रोतमा अभिभावकको निगरानीबिना जानु खतरनाक हुने भन्दै सचेत रहन आम सर्वसाधारणलाई अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.