भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ट्राफिक कारबाहीमा १,९२२ चालक, पाँच लाखभन्दा बढी राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा १,९२२ चालक, पाँच लाखभन्दा बढी राजस्व सङ्कलन

काठमाडौं, १४ असार । काठमाडौं उपत्यकामा बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गरेको आरोपमा एक हजार ९२२ जना सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा पाँच लाख ११ हजार ५०१ रुपैयाँ राजस्व सङ्कलन भएको छ। कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ९२ जना, नियमविपरीत राइड सेयरिङ गर्ने ७८ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १२९ जना तथा तीव्र गतिमा सवारी चलाउने १३९ जना रहेका छन्।

त्यसैगरी लेन अनुशासन उल्लङ्घन गर्ने ४१ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६७ जना, कालो सिसा प्रयोग गरेका १० जना, एकतर्फी सडकमा सवारी चलाउने ७० जना तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार २९६ जनालाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सवारी चालकलाई सडक सुरक्षा र ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै उल्लङ्घन गर्नेमाथि नियमित निगरानी र कारबाही जारी रहने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.