भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

ट्राफिक कारबाहीमा १,९२२ चालक, पाँच लाखभन्दा बढी राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा १,९२२ चालक, पाँच लाखभन्दा बढी राजस्व सङ्कलन

काठमाडौं, १४ असार । काठमाडौं उपत्यकामा बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गरेको आरोपमा एक हजार ९२२ जना सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा पाँच लाख ११ हजार ५०१ रुपैयाँ राजस्व सङ्कलन भएको छ। कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ९२ जना, नियमविपरीत राइड सेयरिङ गर्ने ७८ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १२९ जना तथा तीव्र गतिमा सवारी चलाउने १३९ जना रहेका छन्।

त्यसैगरी लेन अनुशासन उल्लङ्घन गर्ने ४१ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६७ जना, कालो सिसा प्रयोग गरेका १० जना, एकतर्फी सडकमा सवारी चलाउने ७० जना तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार २९६ जनालाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सवारी चालकलाई सडक सुरक्षा र ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै उल्लङ्घन गर्नेमाथि नियमित निगरानी र कारबाही जारी रहने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.