भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

पहिरो र बाढीले यातायात प्रभावित, मेची र मध्य पहाडी लोकमार्ग अवरुद्ध

पहिरो र बाढीले यातायात प्रभावित, मेची र मध्य पहाडी लोकमार्ग अवरुद्ध

काठमाडौं, १४ असार । देशभर जारी वर्षा, पहिरो तथा सडक मर्मतका कारण विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको आज बिहान ९ बजेसम्मको विवरणअनुसार केही सडकखण्ड पूर्ण रूपमा बन्द भएका छन् भने केही स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा असार १३ गते खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ। मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका–५ बोखिममा बाढीको असरका कारण सडक एकतर्फी सञ्चालनमा रहेको छ। सो क्षेत्रमा वैकल्पिक मार्गको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

बीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै जेठ २२ गतेदेखि नै सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

यस्तै, कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडकखण्ड सडक मर्मत कार्यका लागि पूर्ण रूपमा बन्द गरिएको छ। मर्मत सम्पन्न नहुन्जेल करिब एक महिनासम्म उक्त सडक बन्द रहने जनाइएको छ।

यसैगरी, मध्य पहाडी लोकमार्ग अन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिका–४ पानीखोलामा आज पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

नेपाल प्रहरीले वर्षायाममा यात्रा गर्दा सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा बाढी र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.