भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

काठमाडौं वर्ल्ड स्कूलका विद्यार्थीहरु भक्तपुर नगरपालिका अध्ययन अवालोकन भ्रमणमा

काठमाडौं वर्ल्ड स्कूलका विद्यार्थीहरु भक्तपुर नगरपालिका अध्ययन अवालोकन भ्रमणमा

भक्तपुर । सूर्यविनायक नगरपालिकाको गुण्डुमा अवस्थित काठमाडौं वल्र्ड स्कूलको कक्षा ३ मा अध्ययनरत विद्यार्थीहरुले बुधबार भक्तपुर नगरपालिकाको स्थलगत अध्ययन अवलोकन भ्रमण गरेका छन् । सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग विद्यार्थीहरुले साक्षात्कार गरेका छन् ।

कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नपाले सञ्चालन गरेका शैक्षिक संस्था र ख्वप अस्पतालको उद्देश्य र त्यहाँबाट प्रवाहित सेवाबारे प्रष्ट पादै भक्तपुरलाई शैक्षिक रुपमा अगाडि बढाउन भक्तपुरका विद्यालयहरु र नपाबाट सञ्चालित कलेजहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

भक्तपुर नपाले सम्पदा संरक्षण र पुनःनिर्माणमा विशेष जोड दिँदै आएको बताउनुहुँदै उहाँले नगरको शिक्षा विकास, सरसफाईदेखि लिएर समग्र नगरको सन्तुलित विकासमा जोड दिँदै आएको बताउनुभयो । भ्रमणका आएका विद्यार्थीहरुले नगर प्रमुख प्रजापतिसँग भक्तपुरको सडक सुरक्षा, ज्येष्ठ नागरिकहरुप्रतिको दायित्व, भक्तपुरको शिक्षा, स्वास्थ्य, वातावरण, सम्पदा संरक्षण, सरसफाइ आदि विषयमा नपाको भूमिकाबारे जिज्ञासा राखेका थिए ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईको पनि उपस्थिति रहेको थियो भने नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवालले विद्यार्थीहरुलाई नगरपालिकाका शाखा उपशाखाहरुको अवलोकन गराउनुका साथै त्यहाँबाट प्रवाहित हुने सेवा सुविधाबारे अवगत गराउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.