भर्खरै : Sorry, your browser does not support inline SVG.
नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर | २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन |

कोशीमा सरकार प्रति फेरी चुलियाे असन्तुष्टि

कोशीमा सरकार प्रति फेरी चुलियाे असन्तुष्टि

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त ४ मन्त्री र २ राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएसंगै असन्तुष्टि चुलिएको छ । प्रदीप सनुवार – स्वास्थ्य, राजेन्द्र कार्की –सामाजिक विकास, रामकुमार खत्री–उद्योग, कृषि तथा सहकारी, नारायणबहादुर बुर्जा मगर –खानेपानी, सिंचाइ तथा ऊर्जा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शुक्रवार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका थिए । आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सुनिताकुमारी गुरुङले पनि शपथ लिएका छन् ।कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेसँगै प्रदेश सरकारप्रति असुन्तुष्टिका चाङहरू देखा पर्न थालेको एक मन्त्रीले बताए ।

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कार्कीले शुक्रवार ४ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेका थिए । शपथ ग्रहण सकिएलगतै उनकै दल कांग्रेस र सत्ता गठबन्धनकै दल नेकपा (एकीकतृ समाजवादी) ले विरोध जनाए । कांग्रेस इतर पक्षका नेता डा शेखर कोइरालानिकट मानिने मुख्यमन्त्री कार्कीले शुक्रवार गरेको मन्त्रिपरिषद् विस्तारप्रति पार्टीकै संस्थापन पक्ष असन्तुष्ट बनेको यो पहिलो घटना हो ।

संसदीय दलका नेतासमेत रहेका उद्धव थापासहित कांग्रेसका सांसदहरूले शपथ ग्रहण नै बहिस्कार गरेर हिडेका थिए । कार्की कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेको सहयोगमा मुख्यमन्त्री बन्दा साथ दिएका सांसदसमेत शपथमा अनुपस्थित रहेपछि विवाद झन चुलिदै गएको हो । मन्त्री हुने बाहेक कोही पनि कांग्रेसका सांसद शथपमा गएनन् ।

 


Thali Mobile Pvt.Ltd.