भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरे कोशी प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पायो

चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरे कोशी प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पायो

काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका छन् । कोशी प्रदेश सरकारले चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रबार नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएका छन् । यसअघि कांग्रेसका शम्शेर राई आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भएका थिए ।

कांग्रेसका प्रदीपकुमार सुनुवार स्वास्थ्य, रामकुमार खत्री उद्योग, कृषि तथा सहकारीमन्त्री तथा इन्दिरा थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनिताकुमारी गुरुङ आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

माओवादी केन्द्रका राजेन्द्रकुमार कार्की सामाजिक विकास र नारायण बुर्जा मगर खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा नियुक्त भएका छन् । मुुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय आफैँसँग राखेका छन् । 

 


Thali Mobile Pvt.Ltd.