भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

खाद्यले खसीबोका किलोको ६८० रुपयाँमा विक्रि गर्ने, १० रूपयाँ छुट दिने

खाद्यले खसीबोका किलोको ६८० रुपयाँमा विक्रि गर्ने, १० रूपयाँ छुट दिने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि भोलिदेखि खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्ने जनाएको छ ।

जीउँदो खसीबोका प्रतिकिलो ६८० रुपैयाँ तथा च्याङ्ग्रा प्रतिकिलो १२ सय ६० रुपैयाँमा बिक्री गर्ने कम्पनीले जनाएको छ । यो मूल्यमा उपभोक्ताले प्रतिकिलो छुट पनि पाउनेछन्।

कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसीबोका तथा च्याङ्ग्रा बिक्री गरिने भएको ।

कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसीबोका तथा रसुवाबाट च्याङ्ग्रा ल्याएको छ। ती चौपाया आज मात्रै काठमाडौँ ल्याइएको हो । यस वर्षको दसैँमासस्तोमा खसीबोका तथा हजार च्याङ्ग्रा बिक्री गरिने कम्पनीको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.