भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

महेश्वरीमा लागेको भक्तपुर व्यापार मेला सम्पन्न

महेश्वरीमा लागेको भक्तपुर व्यापार मेला सम्पन्न

भक्तपुर । पाँंचदिने भक्तपुर महोत्सव २०८१ सम्पन्न भएको छ । मंसिर २८ गते पुस २ गतेसम्म भक्तपुरको महेश्वरी खेल मैदानमा लागेको व्यापार मेला शनिबार सकिएको हो । मेलाको अन्तिम दिन चर्चित कलाकारहरुले मनोरञ्जनात्मक कार्यक्रम दिएका थिए । साँस्कृतिक कार्यक्रममा कलाकारहरुले मनोरञ्जन दिलाई दर्शकलाई नचाए ।

भक्तपुर नगरपालिका वडा नं ७ महेश्वरीस्थित महेश्वरी खेल मैदानमा व्यापार मेला भएको हो । महोत्सवको मुख्य आयोजक भक्तपुर नगरपालिका भए पनि उपयुक्तता अनि आवश्यकता अनुसार नगरपालिकाले विभिन्न संस्थाहरुलाई कामको जिम्मेबारी दिइएको थियो । व्यापार मेलाको संयोजन वडास्थित भक्तपुर युवा टिम गोल्मढी भक्तपुरलाई दिएको थियो ।

मेलाको सम्पूर्ण खर्च र आम्दानी आयोजक टिम भक्तपुर युवा टिमले नै गरेको जनाइएको छ । व्यापार मेलामा झण्डै एक सय स्टल राखिएका थिए । दैनिक जीवनमा प्रयोग हुने उपभोग्य सामाग्रीहरु, लत्ताकपडाहरु, खाद्यान्न, अटोमोबाइल, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु प्रदर्शनी, सांस्कृतिक, व्यापार तथा पर्यटकीय सामाग्रीहरुको स्टलहरु रहेका थिए ।

मनोरञ्जनका लागि बालउद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनी बन्जी जम्प, मिकी माउस, ट्रेम्पालिङ, स्करपियो आदिका साथमा राष्ट्रिय, अन्तराष्ट्रिय, स्थानीय तथा जनवादी कलाकारहरुको हाँस्यव्यङ्ग्य एवं राष्ट्रिय तथा समसामयित गीत गायनको बेजोड प्रस्तुति प्रत्येक दिनदिनै रहेको थियो ।

महोत्सवमा उपत्यकाका काठमाडौं, भक्तपुर, काभ्रे लगायत विभिन्न जिल्लाका वासिन्दाहरुले लाभ लिएका थिए । समापन समारोहमा प्रमाणपत्र पनि वितरण गरिएको थियो । भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवांको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.