भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

इरान समर्थित विद्रोहीहरुको अखाडामा अमेरिकी सेनाले व्यापक आक्रमण

इरान समर्थित विद्रोहीहरुको अखाडामा अमेरिकी सेनाले व्यापक आक्रमण

एजेन्सी । हुथी विद्रोहीका अखडाहरुमा अमेरिकी सेनाले आक्रमण गरेको छ । यमनको राजधानी सानामा इरान समर्थित विद्रोहीहरुको अखाडामा अमेरिकी सेनाले व्यापक आक्रमण गरेको हो ।

अमेरिकी सेन्ट्रल कमाण्डले लाल सागरमा हुथी समुहका ड्रोन तथा क्रुज मिसाइल पनि नष्ट गरेको छ । हुथीहरूले इजरायलको तेल अभिभ पार्कमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको केही घण्टा पछि अमेरिकाले हवाई हमला गरेको हो ।

विद्रोहीद्वारा सञ्चालित मिसाइल भण्डारण स्थल र कमाण्ड सुविधालाई लक्षित गरी अमेरिकाले शृंखलावद्ध हवाई आक्रमण गरेको हो । नोभेम्बर २०२३ यता हुथी मिसाइल आक्रमणले लाल सागरमा दुईवटा जहाज डुबाएको छ भने थुप्रैमा क्षति पुगेको छ ।

हुथी समुहले गाजामा इजरायली युद्ध समाप्त नभएसम्म अमेरिका तथा इजरायली निशानामा आक्रमण जारी राख्ने बताइरहेका छन् ।
उत्तर–पश्चिमी यमनलाई नियन्त्रण गर्ने इरान समर्थित विद्रोही समूह हुथीहरूले अक्टोबर २०२३ मा गाजा युद्ध शुरु भएको केही समयपछि इजरायल र अन्तर्राष्ट्रिय जहाजमा आक्रमण गर्न थालेका थिए । उनीहरुले आफ्नो प्रभाव क्षेत्रमा यात्रा गर्ने पानीजहाजहरुलाई निशाना बनाउने गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.