भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इरान समर्थित विद्रोहीहरुको अखाडामा अमेरिकी सेनाले व्यापक आक्रमण

इरान समर्थित विद्रोहीहरुको अखाडामा अमेरिकी सेनाले व्यापक आक्रमण

एजेन्सी । हुथी विद्रोहीका अखडाहरुमा अमेरिकी सेनाले आक्रमण गरेको छ । यमनको राजधानी सानामा इरान समर्थित विद्रोहीहरुको अखाडामा अमेरिकी सेनाले व्यापक आक्रमण गरेको हो ।

अमेरिकी सेन्ट्रल कमाण्डले लाल सागरमा हुथी समुहका ड्रोन तथा क्रुज मिसाइल पनि नष्ट गरेको छ । हुथीहरूले इजरायलको तेल अभिभ पार्कमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको केही घण्टा पछि अमेरिकाले हवाई हमला गरेको हो ।

विद्रोहीद्वारा सञ्चालित मिसाइल भण्डारण स्थल र कमाण्ड सुविधालाई लक्षित गरी अमेरिकाले शृंखलावद्ध हवाई आक्रमण गरेको हो । नोभेम्बर २०२३ यता हुथी मिसाइल आक्रमणले लाल सागरमा दुईवटा जहाज डुबाएको छ भने थुप्रैमा क्षति पुगेको छ ।

हुथी समुहले गाजामा इजरायली युद्ध समाप्त नभएसम्म अमेरिका तथा इजरायली निशानामा आक्रमण जारी राख्ने बताइरहेका छन् ।
उत्तर–पश्चिमी यमनलाई नियन्त्रण गर्ने इरान समर्थित विद्रोही समूह हुथीहरूले अक्टोबर २०२३ मा गाजा युद्ध शुरु भएको केही समयपछि इजरायल र अन्तर्राष्ट्रिय जहाजमा आक्रमण गर्न थालेका थिए । उनीहरुले आफ्नो प्रभाव क्षेत्रमा यात्रा गर्ने पानीजहाजहरुलाई निशाना बनाउने गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.