भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति

दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति

मुख्य  बुँदा

ललितपुरको खोकनामा बडादसैँको सट्टा सिकाली जात्रा मनाइन्छ ।

सिकाली चौरस्थित मन्दिर परिसरमा पूजापाठ र यज्ञ गरिन्छ ।

जात्रा दक्ष प्रजापतिको यज्ञ विध्वंससम्बन्धी धार्मिक कथासँग जोडिएको छ ।

घटस्थापनादेखि नवमीसम्म देवी नृत्य र सामूहिक भोजसहित जात्रा मनाइन्छ ।

खोकनावासीले आफ्नो मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिँदै आएका छन् ।

काठमाडौँ, ३० असाेज । देशभर बडादसैँको उल्लास छाइरहँदा ललितपुरको खोकनामा भने परम्परागत सिकाली जात्रा मनाइएको छ । आफ्नै मौलिक संस्कृति र परम्पराका लागि परिचित खोकनावासीले दसैँको सट्टा सिकाली जात्रालाई विशेष महत्त्व दिँदै आएका छन् ।

खोकनास्थित सिकाली चौरमा रहेको मन्दिर परिसरमा स्थानीय भेला भएर जात्रा मनाउने गर्छन् । जात्राका क्रममा पूजापाठ, यज्ञ तथा देवी नृत्य गरिन्छ । बिहानै सिकाली चौरमा यज्ञमण्डप बनाएर यज्ञ गरिएको थियो ।

स्कन्दपुराणको माघ माहात्म्यमा उल्लेखित कथाअनुसार दक्ष प्रजापतिको यज्ञलाई महाकाली, वीरभद्र र उनीहरूका सैन्यगणले विध्वंस गरेको प्रसङ्गसँग सिकाली जात्रा जोडिएको छ । यही धार्मिक मान्यताका आधारमा जात्राका विभिन्न गतिविधि सञ्चालन गरिन्छन् ।

घटस्थापनादेखि नवमीसम्म मनाइने सिकाली जात्रामा श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्यसमेत प्रस्तुत गरिन्छ । जात्राको मुख्य आकर्षण पूजापाठ र सामूहिक भोज पनि हो । खोकनावासीले एकआपसमा दसैँको टीका लगाउने चलनभन्दा आफ्नै परम्पराअनुसार जात्रा मनाउने संस्कृतिलाई निरन्तरता दिँदै आएका छन् ।

स्थानीयका अनुसार सिकाली जात्रा दसैँभन्दा पुरानो सांस्कृतिक परम्परा भएकाले उनीहरूले यसलाई विशेष महत्त्व दिने गरेका छन् ।यसरी खोकनाले आफ्नो मौलिक धार्मिक तथा सांस्कृतिक पहिचान जोगाउँदै सिकाली जात्रामार्फत परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.