भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

‘ख्वपको शैक्षिक यात्रा’ विषयक परिचर्चा सम्पन्न

‘ख्वपको शैक्षिक यात्रा’ विषयक परिचर्चा सम्पन्न

मुख्य बुँदा

ख्वपका शैक्षिक संस्थाहरूबीच ‘ख्वपको शैक्षिक यात्रा’ विषयक परिचर्चा

उत्पादन श्रमसँग जोडिएको शिक्षा आवश्यक रहेको धारणा

ख्वप विश्वविद्यालयले सरकारी अनुदान अपेक्षा नगर्ने घोषणा

आधुनिक चिकित्सा, एआई, आयुर्वेद र वैकल्पिक शिक्षामा जोड

‘एक घर एक स्नातक’ दीर्घकालीन लक्ष्य पुनः दोहोर्याइयो

भक्तपुर, ८ फागुन। ख्वप मा.वि., ख्वप कलेज, शारदा क्याम्पस मा.वि. र ख्वप कलेज अफ ल मा कार्यरत शिक्षक तथा कर्मचारीबीच ‘ख्वपको शैक्षिक यात्रा’ विषयक परिचर्चा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

कार्यक्रममा नारायणमान बिजुक्छेले एउटै पाठ्यक्रम सबै विश्वविद्यालयमा अध्यापन गराइने हो भने फरक–फरक विश्वविद्यालयको आवश्यकता नरहने बताउँदै ख्वप विश्वविद्यालयले उत्पादन श्रमसँग जोडिएको शिक्षा दिने धारणा राख्नुभयो। उहाँले ख्वप विश्वविद्यालयले नेपाल सरकारबाट आर्थिक अनुदान अपेक्षा नगर्ने स्पष्ट पार्दै आधुनिक चिकित्सकीय शिक्षासँगै कृत्रिम बौद्धिकता, आयुर्वेद, जडीबुटी तथा वैकल्पिक चिकित्सा शिक्षामा जोड दिइने बताउनुभयो।

प्राचीन ग्रीस र रोमन नगरहरूले विश्वविद्यालय सञ्चालन गरेको उदाहरण दिँदै उहाँले ख्वप विश्वविद्यालय पनि त्यही अवधारणाअनुसार अघि बढिरहेको उल्लेख गर्नुभयो। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजहरूले भक्तपुरको शिक्षामा उल्लेखनीय परिवर्तन ल्याएको बताउँदै उहाँले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क बनाउन कानुनी व्यवस्था आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ‘एक घर एक स्नातक’ र ‘पर्यटकीय गन्तव्यस्थल’ बनाउने दीर्घकालीन लक्ष्यका कारण भक्तपुर शैक्षिक प्रतिस्पर्धाको केन्द्रका रूपमा विकास भइरहेको बताउनुभयो। नगरपालिकाद्वारा सञ्चालित कलेजहरू देशव्यापी रूपमा सेवा दिइरहेको र विद्यार्थी भर्ना सङ्ख्या उत्साहजनक रहेको उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य तथा शिक्षक गोकर्ण दुलालले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।

 


Thali Mobile Pvt.Ltd.