भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

हिमपातले मनाङका केही मतदान केन्द्रको अनुगमनमा समस्या

हिमपातले मनाङका केही मतदान केन्द्रको अनुगमनमा समस्या

मनाङ ९ फागुन । प्रतिनिधिसभा सदस्य चुनाव नजिकिँदै गर्दा मनाङका केही मतदान केन्द्रको अनुगमन हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार हिमपातका कारण नार्पाभूमि गाउँपालिकामा रहेका मतदान केन्द्रको अनुगमनमा समस्या भएको छ ।

भौगोलिक अवस्था र चिसोका कारण अनुगमन प्रभावित भएको उहाँको भनाइ छ । मनाङ सदरमुकाम चामेबाट नार्पाभूमिका मतदान केन्द्र पुग्न हिँडेर दुई दिन लाग्छ ।

नार्पाभूमिमा वडा १ देखि ३ सम्म नार क्षेत्रमा ३, वडा ४ र ५ को फू क्षेत्रमा दुई गरी ५ वटा मतदान केन्द्र छन् । तर आउजाउ गर्न समस्या भएपछि अस्थायी रूपमा मतदान केन्द्र सदरमुकाम सार्ने विषयमा पालिकासँग छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताउनुभयो ।

नार्पाभूमि गाउँपालिकामा ४ सय ८८ मतदाता रहेका छन् । जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले पाँच वटै वडामा मतदान केन्द्र कायम गरिएको र मौसम अनुकूल नभएमा के गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.