भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्वास्थ्यमन्त्री थापाको निर्णय, क्यान्सरपीडितलाई थप ५० हजार दिने

स्वास्थ्यमन्त्री थापाको निर्णय, क्यान्सरपीडितलाई थप ५० हजार दिने

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले बागमती प्रदेशभित्रका विपन्न क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख रुपैयाँ सहुलियत प्रदान गर्ने निर्णय गरेका छन् । हेटौंडामा पदबहाली गर्दै मन्त्री थापाले उक्त निर्णय गरेका हुन् ।

मन्त्री थापाले भने, ‘विगतमा प्रदेश सरकारले विपन्न परिवारका क्यान्सरपीडितलाई ५० हजार सहयोग गर्दै आएको थियो । अबदेखि एक लाख रुपैयाँ दिने निर्णय गरेको छु ।’ उनले यसबापतको आर्थिक दायित्व भुक्तानीका लागि ११ करोड बजेट सुनिश्चित हुनुपर्ने र सो बजेट व्यवस्थाका लागि नियमानुसार मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिने बताए ।

त्यसैगरी, मानसिक एवं नसर्ने प्रकृतिका रोगको रोकथाम तथा न्यूनीकरणका लागि जिल्लास्तरीय समन्वय समिति गठन गर्ने निर्णय गरेको जानकारी दिए । स्वस्थ्यमन्त्री थापाले भने, ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियानलाई अब बागमती प्रदेशका सबै पालिका तहमा पुर्‍याई जनचेतना अभिवृद्धि कार्यक्रम ल्याएर प्रदेशवासीको स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गरिनेछ ।’

 


Thali Mobile Pvt.Ltd.