भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

बागमतीमा एमालेले टुंगायो मन्त्रीहरूको मन्त्रालय , किरण थापालाई स्वास्थ्य

बागमतीमा एमालेले टुंगायो मन्त्रीहरूको मन्त्रालय , किरण थापालाई स्वास्थ्य

काठमाडौं । बागमती प्रदेश सरकारमा एमालेले आफ्ना मन्त्रीको मन्त्रालय टुंगो लगाएको छ । एमालेले आज सरकारमा पठाउने आफ्नो सांसदको नाम टुंगो लगाएको थियो । एमाले संसदीय दलले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण मन्त्रालय दिने टुंगो लगाएको छ ।

त्यस्तै सुकमाया तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।

बागमतीको मुख्यमन्त्रीमा आज कांग्रेसका बहादुरसिंह लामाले एमालेको समर्थनमा दाबी पेश गरेका छन् । उनको आजै साँझ ५ बजेसम्म नियुक्तिको तयारी भइरहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

भोलि ११ बजे मुख्यमन्त्री लामासहित अन्य १२ जना मन्त्रीको शपथ हुने जनाइएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.