भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

कर्णालीका ५ जिल्लामा यातायात सेवा अवरुद्ध

कर्णालीका ५ जिल्लामा यातायात सेवा अवरुद्ध

काठमाडौं । कर्णालीका ५ जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ । भेरी करिडोरभित्र पर्ने डोल्पाको त्रिपुरासुन्दरी–१ छलगाडमा खोला बढेका कारण यातायात सेवा ठप्प भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–५ साङलेखोलामा पहिरो कारण साना यातायातका साधनमात्र सञ्चालनमा रहेका छन्। त्रिपुरासुन्दरी–९ चुँगाडमा ट्रक फसेपछि यातायात ठप्प भएको छ।

भेरी करिडोरकै रुकुम पश्चिमको आठबीसकोट–६ रिजिगारमा खोला बढेपछि आवतजावत ठप्प भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

रुकुम पश्चिमकै बाँफिकोट गाउँपालिका–३ र ४ को बीचमा रहेको छिनखेत–पिपल जोड्ने सडक खोला बढेका कारण अवरुद्ध हुँदा समस्या भएको छ।

कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ–१ सुनखडादेखि लालुबगरसम्म सुक्खा पहिरोका कारण यातायात अवरुद्ध भएको प्रहरीको भनाई रहेको छ।

कालिकोटको पचालझरना–८ लाभामा पहिरोका कारण सडक अवरुद्ध भएको छ। मुगुको छायाँनाथ रारा नगरपालिका–७ जिरो प्वाइन्ट भित्री सडकमा पहिरो आएपछि सडक अवरुद्ध भएको छ।

 

 


Thali Mobile Pvt.Ltd.