भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

सप्तकोशीमा बहाव बढेसँगै सुनसरी र सप्तरीमा उच्च सतर्कता

सप्तकोशीमा बहाव बढेसँगै सुनसरी र सप्तरीमा उच्च सतर्कता

काठमाडौं । सप्तकोशी नदीमा बहाव बढेसँगै सुनसरी र सप्तरीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । जुनकुनै समयमा बढ्नसक्ने जलस्तरले निम्त्याउन सक्ने विपद्लाई ख्याल गरेर तटीय भेगमा सतर्कतासहित पूर्वतयारीको काम गरेको दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

बाढी पूर्वतयारीलाई लिएर कोशी ब्यारेज पर्ने सुनसरी र सप्तरी दुवै जिल्लाका सुरक्षा निकायको उपस्थितिमा आकस्मिक बैठक सम्पन्न भएको छ । बैठकले नदीमा आउनसक्ने बाढीको अनुमान गर्दै सूचना सम्प्रेषण र विपद् पूर्वतयारीको कामलाई तदारुकताका साथ बढाउने निर्णय गरेको छ । प्रशासनले कोशीमा डुङ्गा चलाउन र माछा मार्न रोक लगाएको छ ।

बैठकले पानीको बहावसँगै आवश्यकताअनुसार ब्यारेजका ढोका खोल्न संयुक्त पहल गर्ने निर्णयसमेत गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.