भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सप्तकोशीमा बहाव बढेसँगै सुनसरी र सप्तरीमा उच्च सतर्कता

सप्तकोशीमा बहाव बढेसँगै सुनसरी र सप्तरीमा उच्च सतर्कता

काठमाडौं । सप्तकोशी नदीमा बहाव बढेसँगै सुनसरी र सप्तरीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । जुनकुनै समयमा बढ्नसक्ने जलस्तरले निम्त्याउन सक्ने विपद्लाई ख्याल गरेर तटीय भेगमा सतर्कतासहित पूर्वतयारीको काम गरेको दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

बाढी पूर्वतयारीलाई लिएर कोशी ब्यारेज पर्ने सुनसरी र सप्तरी दुवै जिल्लाका सुरक्षा निकायको उपस्थितिमा आकस्मिक बैठक सम्पन्न भएको छ । बैठकले नदीमा आउनसक्ने बाढीको अनुमान गर्दै सूचना सम्प्रेषण र विपद् पूर्वतयारीको कामलाई तदारुकताका साथ बढाउने निर्णय गरेको छ । प्रशासनले कोशीमा डुङ्गा चलाउन र माछा मार्न रोक लगाएको छ ।

बैठकले पानीको बहावसँगै आवश्यकताअनुसार ब्यारेजका ढोका खोल्न संयुक्त पहल गर्ने निर्णयसमेत गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.