भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

कोशीबाट बाहिरिँदै माओवादी

कोशीबाट बाहिरिँदै माओवादी

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिँदै छ । सम्भवतः आजै सरकारबाट बाहिरिने तयारी छ। केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भए पनि माओवादीले भने एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकार छाडेको थिएन ।

सरकार नछाडेको भनेर माओवादीको तीव्र आलोचना भइरहेको थियो । नेपाली कांग्रेस र एमालेलगायतका दल सम्मिलित गठबन्धन बनेपछि केन्द्रमा माओवादी प्रतिपक्षमा छ । तर, कोशीमा भने सरकार छाडेको छैन ।

केन्द्रीय गठबन्धन अनुसार सरकार निर्माण गर्नुपर्ने दबाब मुख्यमन्त्री कार्कीलाई छ । कार्की नेतृत्वको सरकारमा माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की स्वास्थ्य र नारायणबहादुर मगर पर्यटन, वन तथा वातावरणमन्त्री छन् ।

बन्दना झागड राज्यमन्त्री छन् । माओवादीका मन्त्रीहरु राजीनामा दिनलाई मुख्यमन्त्रीको समय पर्खिएर बसेका छन् । मुख्यमन्त्रीबाट समय पाउनेबित्तिकै राजीनामा दिएर सरकार छाड्ने माओवादीको तयारी छ ।

 


Thali Mobile Pvt.Ltd.