भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

आज मौद्रिक नीति सार्वजनिक हुने

आज मौद्रिक नीति सार्वजनिक हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउँदैछ । बजेटको तादम्यता मिल्ने गरी मौद्रिक नीति ल्याउने तयारी गरेको छ । अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ‘ट्युनिङ’ मिलेकोले सहज वातावरणमा मौद्रिक नीति जारी हुने अपेक्षा गरिएको छ ।

अघिल्लो शुक्रबार नै आर्थिक वर्ष २०८१, ०८२ को मौद्रिक नीति सार्वजनिक गर्न लागेपनि सरकार परिवर्तनका कारण एक हप्ता ढिलो भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाकार डा. युवराज खतिवडा बनेपछि प्रधानमन्त्री र खतिवडाले गभर्नरसँग मौद्रिक नीतिको ब्रिफिङ लिएका थिए ।

केही कुरा थप गर्नु पर्ने भन्दै मौद्रिक नीति १ हप्ता पछाडि धकेलिएको थियो । मौद्रिक पास गर्न भोलि बिहान ८ बजे सञ्चालन समितिको बैठक बोलाइएको छ । शेयर बजार, घरजग्गा कारोबार र उत्पादन क्षेत्रलाई केन्द्रित गरेर मौद्रिक नीति आउने छ ।

 


Thali Mobile Pvt.Ltd.