भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

यमनमा इजरायलको हवाई आक्रमण

यमनमा इजरायलको हवाई आक्रमण

काठमाडौं । हुथी विद्रोहीले इजरायलको राजधानी तेल अभिवमा ड्रोन आक्रमण गरेको एक दिनपछि इजरायलले यमनमा हवाइ आक्रमण गरेको छ । हुथी विद्रोही समूहलाई लक्षित गर्दै इजरायलले लाल सागर क्षेत्रमा रहेको तेल भन्डारण र त्यसको नजिकै रहेको ऊर्जा केन्द्रमा हवाइ आक्रमण गरेको बीबीसीले जनाएको छ ।

इजरायली आक्रमणमा तीन जनाको ज्यान गएको र ८० जनाभन्दा धेरै घाइते भएका हुथी विद्रोही समूह समर्थित संचारमाध्ययमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हुथी अधिकारी मोहम्मद अब्दुल सलामले इजरायलको बर्बर आक्रमण भन्दै यसको जवाफ दिने चेतावनी दिएका छन् ।

इजरायली रक्षामन्त्री योआव ग्यालेन्टले आफ्नो देशले हुथी आन्दोलनकारीलाई सन्देश दिन मात्रै चाहेको भन्दै हुथीले थप आक्रमण गरे कडा जवाफ दिने बताएका छन् । हुथीले गाजामा प्यालेष्टाइनीलाई समर्थन गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.