कुपण्डोलको सडक मर्मतपछि सवारी सञ्चालन

कुपण्डोलको सडक मर्मतपछि सवारी सञ्चालन image

ललितपुर । मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर भासिएको कुपण्डोलको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन् ।

बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो ।

शनिबार साँझदेखि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो ।

भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल सडक कालोपत्र गर्न नमिल्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.