कुपण्डोलको बीच सडकमा फुट्यो मुल

कुपण्डोलको बीच सडकमा फुट्यो मुल

काठमाडौं । कुपण्डोलको बीच सडक फुटेर पानी बगेको छ ।

पुल्चोतर्फ होटल हिमालय अगाडिको सडक फुटेर पानी निस्केको हो ।

गाडी तथा मोटरसाइकल चालक र सडक छेउका व्यापारीहरु समस्यामा परेका छन् भने सडक भासिएको छ ।

उक्त पानी ढल फुटेर हो वा मेलम्ची आयोजनाको पाइप फुटेर सडकमा निस्केको अनुमान लगाउन पहल भइरहेको छ ।

पानी निस्किएका कारण सडक नै भासिने अबस्था आएको हो ।

 


Thali Mobile Pvt.Ltd.