भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

गायक आरके मिलनको “शहरमा पुग्यो रहर” गीत सार्वजनिक

गायक आरके मिलनको “शहरमा पुग्यो रहर” गीत सार्वजनिक

काठमाडौं । गायक, संगीतकार तथा संगीत संयोजक आरके मिलनको “पैसा कता जान्छ” भाग २ (शहरमा पुग्यो रहर) बोलको गीत सार्वजनिक भएको छ ।

पछिल्लो सामाजिक परिवेशसंग सुहाउँदो आरके मिलनको शहरमा पुग्यो रहर शनिबार सुनकोशी मिडिया प्रा.लि युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

गीत सार्वजनिक भएपछि गायक मिलनले माया प्रेमका गीतहरुको भिडमा यो कारुणीक गीत सबैलाई मन नपर्न सक्छ तर जो ब्यक्तिले यो पिडा भोगी रहेको छ त्यो ब्यक्तिलाई भने अबस्य यो गीतले मन छुनेछ भन्ने प्रतिक्रिया दिएका छन् ।

““पैसा कता जान्छ” भन्ने गीतलाई दर्शकको अपार मायापछि फेरि “पैसा कता जान्छ” भाग २ (शहरमा पुग्यो रहर) गीत सार्वजनिक गर्न पाउँदा आफूलाई खुशी लागेको गायक मिलनले बताएका छन् ।

उनले भनेका छन् “समाजमा घट्दै आएका यथार्थ कथालाई गीत मार्फत उतार्ने प्रयास गरेकोछु सबैले कामको मूल्याकंन गरिदिनुहोला ।”

“शहरमा पुग्यो रहर” गीत गायक स्वयमले शब्द, संगीत, स्वर र संगीत संयोजन गरेका छन् भने उनलाई अन्नु बैजु, राजकुमार थापा, राजन पुरीले स्वारमा साथ दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.