भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

गायक आरके मिलनको “शहरमा पुग्यो रहर” गीत सार्वजनिक

गायक आरके मिलनको “शहरमा पुग्यो रहर” गीत सार्वजनिक

काठमाडौं । गायक, संगीतकार तथा संगीत संयोजक आरके मिलनको “पैसा कता जान्छ” भाग २ (शहरमा पुग्यो रहर) बोलको गीत सार्वजनिक भएको छ ।

पछिल्लो सामाजिक परिवेशसंग सुहाउँदो आरके मिलनको शहरमा पुग्यो रहर शनिबार सुनकोशी मिडिया प्रा.लि युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

गीत सार्वजनिक भएपछि गायक मिलनले माया प्रेमका गीतहरुको भिडमा यो कारुणीक गीत सबैलाई मन नपर्न सक्छ तर जो ब्यक्तिले यो पिडा भोगी रहेको छ त्यो ब्यक्तिलाई भने अबस्य यो गीतले मन छुनेछ भन्ने प्रतिक्रिया दिएका छन् ।

““पैसा कता जान्छ” भन्ने गीतलाई दर्शकको अपार मायापछि फेरि “पैसा कता जान्छ” भाग २ (शहरमा पुग्यो रहर) गीत सार्वजनिक गर्न पाउँदा आफूलाई खुशी लागेको गायक मिलनले बताएका छन् ।

उनले भनेका छन् “समाजमा घट्दै आएका यथार्थ कथालाई गीत मार्फत उतार्ने प्रयास गरेकोछु सबैले कामको मूल्याकंन गरिदिनुहोला ।”

“शहरमा पुग्यो रहर” गीत गायक स्वयमले शब्द, संगीत, स्वर र संगीत संयोजन गरेका छन् भने उनलाई अन्नु बैजु, राजकुमार थापा, राजन पुरीले स्वारमा साथ दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.