भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कुवाडी नदी थुनियो, सतर्कता अपनाउन बाजुराबासीलाई आग्रह

कुवाडी नदी थुनियो, सतर्कता अपनाउन बाजुराबासीलाई आग्रह

काठमाण्डौं । बाजुराको हिमाली गाउँपालीका २ मा अवस्थित कुवाडी नदी थुनिएको छ । कुवाडी नदी नजिकैबाट पहिरो गएका कारण नदी थुनिएको हो ।लगत्तै नदीमा पानीको सतह घटेको र दिउँसोदेखि सामान्य अवस्थामा पानी बग्न थालेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

तर पानी सञ्चित भएर बसेको हुन सक्ने र कमजोर चट्टान भएका कारण एक्कासी पहिरो खोलिँदा तल्लो तटीय क्षेत्रमा नदीको जलसतह एक्कासी बढ्न सक्ने भएकाले बाजुराको तटीय क्षेत्रमा बस्नेहरुलाई आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ ।

कुवाडी नदी र कर्णाली नदीको आसपास क्षेत्रमा कुनै पनि समयमा पहिरो जान सक्ने भएको हुँदा नदी आसपासका बस्तीहरुमा सतर्कता अपनाउन प्रशासनले पनि अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.