भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

कुवाडी नदी थुनियो, सतर्कता अपनाउन बाजुराबासीलाई आग्रह

कुवाडी नदी थुनियो, सतर्कता अपनाउन बाजुराबासीलाई आग्रह

काठमाण्डौं । बाजुराको हिमाली गाउँपालीका २ मा अवस्थित कुवाडी नदी थुनिएको छ । कुवाडी नदी नजिकैबाट पहिरो गएका कारण नदी थुनिएको हो ।लगत्तै नदीमा पानीको सतह घटेको र दिउँसोदेखि सामान्य अवस्थामा पानी बग्न थालेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

तर पानी सञ्चित भएर बसेको हुन सक्ने र कमजोर चट्टान भएका कारण एक्कासी पहिरो खोलिँदा तल्लो तटीय क्षेत्रमा नदीको जलसतह एक्कासी बढ्न सक्ने भएकाले बाजुराको तटीय क्षेत्रमा बस्नेहरुलाई आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ ।

कुवाडी नदी र कर्णाली नदीको आसपास क्षेत्रमा कुनै पनि समयमा पहिरो जान सक्ने भएको हुँदा नदी आसपासका बस्तीहरुमा सतर्कता अपनाउन प्रशासनले पनि अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.