भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ यो नारा सार्थक बनाउँन दिवस मनाउँदै

‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ यो नारा सार्थक बनाउँन दिवस मनाउँदै

काठमाण्डौं । सत्रौँ पुस्तकालय दिवस भव्यरुपले मनाइँदैछ । हरेक वर्ष भदौ १५ गते विभिन्न कार्यक्रम गरी देशभर पुस्तकालय दिवस मनाउने गरिन्छ तर पठन बानी भने बसाल्न थोरैले मात्रै सकेका छन् । यसवर्ष ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ नारा दिएर दिवस मनाइँदैछ ।

सरकारले २०६५ सालदेखि भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको छ । राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा १८६९ साल भदौ १५ गते पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा पुस्तकालय दिवस मनाउने निर्णय गरेको थियो ।

सत्रौँ पुस्तकालय दिवसको अवसरमा दुई हप्ता अघिदेखि नै सरकारी एवम् गैरसरकारी स्तरबाट विभिन्न कार्यक्रम भइरहेको छ । पुस्तकालय दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा.दीपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति पनि गठन गरेको छ ।

दिवसको मूल समारोहमा आज पुस्तकालय दिवससम्बन्धी स्मारिका सार्वजनिक गरिने जनाएको छ । कार्यक्रममा उत्कृष्ट पुस्तकालय र पाठकलाई पनि सम्मान गर्ने तयारी भइरहेको छ । शिक्षा मन्त्रालयको सर्वेक्षणमा देशभर नौ सय २८ वटा सामुदायिक तथा सार्वजनिक पुस्तकालय छन् ।

तीमध्ये अहिले दुई सय २७ वटा पुस्तकालयमात्र राम्रोसँग चलेको नेपाल सामुदायिक पुस्तकालय सङ्घले जनाएको छ । खुलेका सबै पुस्तकालयलाई राम्रोसँग चलाउनुपर्ने र आवश्यकता भएका अन्य ठाउँमा नयाँ खोल्न पनि प्रोत्साहन गर्ने नीति सरकारले लिनुपर्ने संघको जोड छ ।

 


Thali Mobile Pvt.Ltd.