भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

४२ जना लागुऔषध कारोबारी पक्राउ

४२ जना लागुऔषध कारोबारी पक्राउ

सुनसरी । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरले गएको एक वर्षमा लागुऔषधसहित ४२ जनालाई पक्राउ गरेको छ । पहाडी नाका र भारततर्फका नाकामा विशेष निगरानी बढाएपछि लागुऔषधसहित कारोबारमा संलग्न व्यक्ति पक्राउ परेका हुन । गत आर्थिक वर्षमा गाँजामात्र एक हजार एक सय तीन केजी नियन्त्रणमा लिएको थियो ।

त्यस्तै ब्राउन सुगर ५७ दशमलव ८३ ग्राम, ट्रामाडोल २३ हजार सात सय एक थान, स्मास्पो प्रोभेक्सिभोन छ सय ९९ थान, नाइट्राजेपाम एक सय ८२ थान, डाइजिपाम २६ थान, बुप्रेनफिन २७ थान, लुपीरटिटी जेसिक ४० थान र डाइकोलिक दुई सय थान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नम्बर ४ हेडक्वार्टरका प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले बताए ।

उक्त अवधिमा लागुऔषध ओसारपसारमा प्रयोग भएका दुईवटा एम्बुलेन्स, १२ वटा मोटरसाइकल र एउटा अटो पनि नियन्त्रणमा लिइएको थियो । भारतसँग खुला सीमानाका भएका कारण अधिक रुपमा लागुऔषध ओसारपसार हुने गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

नेपालका पहाडी क्षेत्रबाट भारततर्फ गाँजा लैजाने क्रम बढेको पाइएको छ । लागुऔषधका कारोबारीले नेपालबाट भारततर्फ गाँजा लैजाने र अन्य लागुऔषध भारतबाट नेपालतर्फ ल्याउने गरेको सशस्त्र प्रहरी उपरीक्षक बज्राचार्यले बताए ।

 


Thali Mobile Pvt.Ltd.