भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बेलायतमा भइरहेको हुलदङ्गामा सहभागी नहुन नेपाली दूतावासले अनुरोध

बेलायतमा भइरहेको हुलदङ्गामा सहभागी नहुन नेपाली दूतावासले अनुरोध

काठमाडौं । बेलायतका विभिन्न शहरमा भइरहेको प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । दूतावासले बेलायतमा रहेका सम्पूर्ण नागरिकलाई प्रदर्शन र हुलदङ्गा भएको ठाउँमा भ्रमण नगर्न र प्रदर्शनमा सहभागी नहुन अनुरोध गरेको हो ।

लन्डनमा रहेको नेपाली राजदूतावासले हिजो एक सूचना निकालेर बेलायतको वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको उल्लेख गरेको छ । साथै सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवम् स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेका सूचनाहरूलाई ध्यानपूर्वक पालना गर्न अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.